संविधानसभा सदस्य लामिछानेलाई पितृशोक
हेटौंडा-संविधानसभा सदस्य प्रल्हाद लामिछानेलाई पितृशोक परेको छ । हेटौंडा–५ निबासी लामिछानेका पिता लिलानाथको ९० वर्षको उमेरमा निधन भएको हो । केही दिनअघि मुटुमा समस्या देखिएपछि भरतपुरस्थित सीएमसी अप्तालमा भर्ना गरिएको थियो । आइतबार मध्यान्ह लामिछानेको निधन भएको हो । अपरान्ह देवघाटधाममा हिन्दु परम्पराअनुसार दाहसंस्कार गरिएको थियो । लामिछानेका तीन छोरा एक छोरी छन् ।







