हेटौंडाको रातोमाटेमा रेलवे स्टेशन बन्ने

निजगढ–हेटौंडा–भरतपुर खण्डको डिजाइन कार्य अन्तिम चरणमा
 भानुभक्त आचार्य
२०८० मंसिर २६, मंगलवार ११:१०

हेटौंडा-नेपालको रेल बिभागले निजगढ–हेटौंडा–भरतपुर खण्डको बिस्तृत डिजाईन कार्य अन्तिम चरणमा पुगेको जनाएको छ । नेपाल सरकारले २०६७ सालमा रेलवे बिभागको स्थापना गरेपछि धिमा गतिमै भएपनि काम गरिरहेको छ ।मेची–महाकाली द्रुत विद्युतीय रेलमार्गको काम बिभिन्न खण्डमा बिभाजन गरेर यसको बिस्तृत डिजाइनको काम भइरहेको बिभागले जनाएको छ । निजगढ–हेटौंडा–भरतपुर खण्डमा यात्रु स्टेशन ५ वटा रहेन प्रारम्भिक अध्ययनमा देखिएको छ । सिग्नल स्टेशन ९ वटा रहने रेलमार्गको केन्द्रबिन्दुबाट २५–३० मिटर दायाँबायाँ राइट अफ वे रहने बताइएको छ । यात्रु स्टेशनका लागि एकसय ६० मिटर चौडाई र एक सय ७० मिटर लम्बाई भएको जमिनको आवश्यकता पर्ने बताइएको छ ।

अधिकतम् गति एक सय ८० किलोमिटर प्रतिघण्टाको रहनेगरी रेलमार्ग निर्माण गरिने प्रारम्भिक अध्ययनमा देखिएको छ । हाल ब्रोडगेजको सिंगल लाइन निर्माण गरिने तर, आवश्यकताका आधारमा भबिश्यमा डबल लाइन निर्माण गरिने गरी अध्ययन भइरहेको फुलब्राईट कन्सलटेन्सी प्रालिले जनाएको छ । प्रालिका प्राबिधिकका अनुसार वातावरणीय प्रभाव मूल्यांकनको प्रतिबेदन तयारीका लागि कुनै गुनासो भए सोको जानकारी दिनका लागि सूचना पनि गरिएको छ । बाराको निजगढ नगरपालिकाको वडा नं. ३, ४, ५, १०, ११, १३ र जीतपुर सिमरा उपमहानगरपालिकाको २२ नं वडामा निर्माण गरिने रेलवे लाइनका लागि स्थानीय सरोकारवालाबीच छलफल भइरहेको कन्सल्टेन्सीले जानकारी दिएको छ । हेटौंडा उपमहानगरको वडा नं. ८, ९, १२, १३, १४, १५, १६, मनहरी गाउँपालिकाको वडा नं.३, ५, ६, ८, ९ मा रेलवे लाइन निर्माण हुनेछ ।

त्यस्तै चितवनको राप्ती नगरपालिकाको वडा नं. १, २, ३, ६, खैरहनी नगरपालिकाको वडा नं. ५, ७, १०, रत्ननगर नगरपालिकाको वार्ड नं. ४, ५, ९ र भरतपुर महानगरको वार्ड नं. ४, ५, ७, ८, १६ मा रेलवे निर्माण गेर्न प्रस्ताव गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जको टिकौली जंगलको ४ किमि क्षेत्रमा कसर अगाडि बढ्ने भन्ने बिषयमा पनि छलफल भइरहेको बताइएको छ । हेटौंडा–१६ र जीतपुर सिमरा उपमहानगरको २२ नं. वडाको बीचमा पर्ने चुरे पहाडमा करिव ७ किमि सुरुङमार्ग निर्माण गरी रेलवे लाइनले बारा र मकवानपुर जोड्ने गरी अध्ययन अगाडि बढाइएको छ ।

नेपाल सरकारको प्रचलित नियम कानून अनुसार रेलवे आयोजनाले स्थानीयमा पर्नसक्ने सामाजिक, सांस्कृतिक, वातावरणीय प्रभावका बारेमा पनि अध्ययन गरी प्रतिबेदन तयारी गर्ने कार्य भइरहेको कन्सल्टेन्सीले जनाएको छ । यसका लागि हेटौंडा उपमहानगरपालिका र मनहरी गाउँपालिकामा सरोकारवालाबीचमा सार्वजनिक सुनुवाई पनि आयोजना गरिने छ । स्थानीयले सार्वजनिक सुनुवाइका क्रममा आफ्नो समस्या वा गुनासोहरु निर्धक्कसँग राख्न सक्ने बताइएको छ ।

रेलवे सर्भेको बिषयमा जिल्ला प्रशासन कार्यालय मकवानपुरमा प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईको संयोजकत्वमा आइतबार छलफल भएको थियो । उपमहानगरको अरु वडामा कुनै समस्या नभएपनि हेटौंडा–१५ र १६ मा समस्या देखिएको बताइएको छ । हेटौंडा–१५ का वडाअध्यक्ष सुनिल मोक्तान विदेशमा रहेकोले वडाअध्यक्ष मोक्तान नेपाल फर्किएपछि पुसको पहिलो हप्ता छलफल गर्ने सहमति भएको छ ।

रेलवे परियोजनाका लागि निजगढ–हेटौंडा–भरतपुर खण्डमा निजी जग्गा करिब ४ सय हेक्टर अधिग्रहण गर्नुपर्ने देखिएको छ । सरकारी जमिन वा जंगल क्षेत्र करिब ७ सय हेक्टर र खोला, खहरे, नदीबगर आदि ४० हेक्टर जग्गा आवश्यक देखिएको प्राबिधिकहरुले बताएका छन् ।रेलवे परियोजनाका लागि अध्ययन गर्ने फुलब्राईट कम्पनीले नै हेटौंडा–भीमफेदी–कुलेखानी–सिस्नेरी–काठमाडौं सुरु·मार्ग निर्माण गर्ने नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडको परियोजना प्रस्तावको प्रारम्भिक अध्ययन गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*