हाँडीखोलामा मृत भेटिइन् २० वर्षीया युवती

साझाकुरा
२०८० मंसिर २६, मंगलवार ११:२४

हेटौंडा- मकवानपुरको पश्चिमी क्षेत्रस्थित मनहरी गाउँपालिकामा आफन्तकोमा पाहुँना लाग्न गएकी एक युवती मृत भेटिएकी छन् । हेटौंडा उपमहानगरपालिका–१७ हटियाबाट मनहरी गाउँपालिका–३ स्थित निर्मलाबस्तीमा पाहुना लाग्न गएकी अन्दाजी २० बर्षीया कान्छी (बोलाउने नाम) प्रजा मृत भेटिएकी हुन् । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार उनी निर्मलाबस्तीस्थित आफन्त शान्ति प्रजाको घरमा गएकी थिइन् ।शनिबार बेलुका खाना खाएर एक्लै कोठामा सुतेकी कान्छी आइतबार बिहान मृतअवस्थामा फेला परेको प्रहरीले जनाएको छ । बागमती प्रदेश प्रहरीका अनुसार मृतक युवतीको शरीरमा चोटपटक देखिएको छैन । शव पोष्टमार्टमका लागि हेटौंडा अस्पतालमा राखिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*