बसामाडीको जेसीज सप्ताह समापन
हेटौंडा- बसामाडी जेसीजको जेसीज सप्ताह समापन गरिएको छ । तीनदिन विविध कार्यक्रमको आयोजना गर्दै शनिबार जेसीज सप्ताह समापनगरिएको हो ।कार्यक्रम संयोजक बुद्धराज अर्यालको संयोजकत्व एवम् जेसीजका अध्यक्ष जनक भण्डारीको अध्यक्षतामा भएको समापन कार्यक्रममा राष्ट्रियसभा पूर्वसदस्य एवम् संविधानसभा सदस्य रामनारायण बिडारीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि विडारीले युवाले परिवतर्नका लागि लडेका दल र उनीहरुको भूमिकालाई नबुझ्दा मुलुक राजनीतिक द्वन्द्वमा जाला भन्नेडर भएको धारणा राखे ।
युवालाई राजनीतिक आन्दोलन र त्यसबाट प्राप्त उपलब्धिका विषयमा थाहै नभएको बताउँदै बिडारीले युवा विदेश पलायन डरलाग्दो अवस्थामा पुगेको भन्दै चिन्ता व्यक्त गरे । कार्यक्रममा नेपाल जेसीजका उपाध्यक्ष एवम् बसामाडी जेसीजका पूर्वअध्यक्षसरोजराज अधिकारी, राष्ट्रिय उपाध्यक्ष भीमबहादुर कुंवर, हेटौंडा जेसीजका अध्यक्ष श्रवणकुमार बर्तौला, लेडी जेसीज अध्यक्ष दिलु घर्ती, बस्तीपुर जेसीजका अध्यक्ष प्रेमबहादुर गोङ्बा, चैनपुर जेसीज प्रस्तावितका अध्यक्ष गणेशदर्पण अधिकारी, बसामाडी जेसीजका पूर्वअध्यक्ष अनिल अग्रवाल, जेसीज सप्ताह मूलकार्यक्रम संयोजक उद्धवराज कठायत, सहमूल कार्यक्रम संयोजक जेपी यादवलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
बसामाडीले तीन दिनमा ७ वटा कार्यक्रमको आयोजना गरी जेसीज सप्ताह मनाएको हो । जेसीज सप्ताह अन्तर्गत भएका विभिन्न प्रतियोगिताका विजेता र सहयोगीलाई कदरपत्र समेत प्रदान गरिएको थियो ।







