मकवानपुरका शिवालयमा छरियो शतबीज

साझाकुरा
२०८० मंसिर २६, मंगलवार ११:२८

हेटौंडा प्रत्येक वर्ष मार्गशीर्षकृष्ण चतुर्दशीका दिन दिवगंत पितृको सद्गतिको कामना गर्दै पशुपतिनाथलगायत देशभरका शिवालयमा शतबीज छरिएको छ ।आइतबार रातभर दीपदान गरी बसेका भक्तजनले सोमबार बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाउँछन् । हेटौंडा–४ को पशुपति मन्दिर र हेटौंडा–१ स्थित राप्ती किनारको गोरक्षश्वर मन्दिरलगायत मकवानपुरका १० वटै स्थानीय तहका शिवालयमा शतबीज छरिएको छ । हिजो रातभर दीपदान गरी बसेका भक्तजनले आज बिहानै पितृको सम्झनामा शतबीज छरेका हुन् ।

शतबीज छर्न मकवानपुरका विभिन्न ठाउँबाट भक्तजनहरु हेटौंडाको पशुपतिमा आएका थिए । पशुपति मन्दिरमा आउन नसक्ने भक्तजनले भने आआफ्ना घर नजिकैको शिवालयमा शतबीज छरेका छन् । आफ्नो परिवारभित्रका दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै १०८ शिवलि·, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरुप र किराँतेश्वर आदि ठाउँमा शतबीज छर्ने गरिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*