युनिलिभरको साधारणसभा सम्पन्न
हेटौंडा-युनिलिभर नेपाल लिमिटेडको ३० औं वार्षिक साधारणसभा मंगलबार काठमाडौंमा सम्पन्न भएको छ । युनिलिभरले लाभांस प्रतिफल र कर पछिको नाफा १८३.४ करोड पु¥याएको छ, जुन गतवर्षको तुलनामा १९ प्रतिशतले बढी हुन आउँछ । युनिलिभर नेपालका शेयरधनीले यसवर्ष कम्पनीको इतिहासमै सर्वाधिक धेरै लाभाँश पाएका छन् । प्रतिशेयर एक हजार पाँच सय ८० रुपैयाँ नगद लाभांश दिने प्रस्ताव वार्षिक साधारणसभाबाट पारित भएको छ ।
साधारणसभामा युनिलिभर नेपाल लिमिटेडका अध्यक्ष देव बाजपेइले सबै शेयरधनी, नियामक निकाय, कर्मचारीहरु र अन्य सरोकारवालालाई धन्यवाद दिंदै न्यून लगानी, जैविक विविधतामा देखिएको नकारात्मक असर, भूराजनीतिक टकराव, सामाजिक ध्रुुवीकरण, र साइबर असुरक्षालाई बढी जोड दिइएको बताए । विश्वव्यापी जोखिमहरु केही समयको लागि यसैको वरपर रहने अपेक्षा गरिएको उनले बताए ।
कार्यक्रममा युनिलिभरका प्रबन्धनिर्देशक अम्लान मुखर्जीले करपश्चात् कम्पनीको खुद नाफा गत वर्षको १५४.२ करोडबाट बढेर यो वर्ष १८३.४ करोड पुगेको बताउँदै यो नाफा बितेको १० वर्षकै सबैभन्दा धेरै भएको बताए । युनिलिभर नेपाल लिमिटेडको ८५% शेयर संस्थापक शेयरधनीको रहेको छ भनें बाँकी १५% शेयर सर्वसाधारणको रहेको छ । हेटौंडा–३ बसामाडीमा रहेको युनिलिभरले सावन,सर्फ, क्रिम, लोसन, पेष्ट, स्याम्पु आदि उत्पादन तथा बिक्री गर्दै आएको छ । तीन दसकको ईतिहास बोकेको युनिलिभरले सेयरधनीलाई आकर्षक बोनस दिंदै आएको छ ।







