आश्रमको भवन उद्घाटन गर्न हेटौंडा आउँदै प्रधानमन्त्री प्रचण्ड

साझाकुरा
२०८० मंसिर २७, बुधबार १०:५९

हेटौंडा- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार हेटौंडा आउने भएका छन् । हेटौंडा–९, लामसुरेधापस्थित ‘मानवसेवा आश्रम’ को मुख्य कार्यालयको नवनिर्मित भवन समुद्घाटनका लागि प्रचण्ड हेटौंडा आउने कार्यक्रम तय भएको हो ।सहयोगापेक्षी सडक आश्रित मानवहरुको आश्रयस्थल ‘मानवसेवा आश्रम’ को मुख्य कार्यालयको नवनिर्मित भवन उद्घाटनका लागि प्रधानमन्त्री प्रचण्ड आउने मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले जानकारी दिए । कार्यक्रममा उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री प्रकाशशरण महतलगायत नेपाल सरकारका मन्त्रीहरु, प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरु, स्थानीय तहका जनप्रतिनिधिहरु, नेपाल सरकारका मुख्य सचिव र सचिवहरु, वरिष्ठ कलाकार, समाजसेवी र आश्रमका अभिभावक, शुभेच्छुक र सहयोगीहरुको उपस्थिति रहने अध्यक्ष अधिकारीले बताए ।

बेसहारा, अपा·ता भएकाहरुलाई सडकपेटीबाटै उद्दार गरेर खाना, नाना र छानाको व्यवस्था गर्दै नेपाललाई मानवीयताको देश बनाउने लक्ष्यमा समर्पित ‘मानवसेवा आश्रम’ देशका विभिन्न ठाउँमा भवन निर्माण भइरहेका छन् । ती भवनमध्ये मानवसेवा आश्रमको केन्द्रीय कार्यालयको नवनिर्मित भवन समुद्घाटन हुने उनले बताए । २०७५ सालबाट निर्माण सुरु भएको मानवसेवा आश्रमको भवन निर्माणमा हालसम्म करीब १३ करोड रुपैयाँ खर्च भईसकेको छ । आश्रम करीब दुई विगाहा क्षेत्रफलमा फैलिएको साथै आश्रममा हाल २१५ जनाले सेवा लिईरहेको उनले बताए ।

२०६९ साल भदौ १३ गते स्थापना भई भाडाको घरबाट सञ्चालन गरेको मानवसेवा आश्रमको हाल सातै प्रदेशको १९ जिल्लामा २४ ओटा सेवाकेन्द्र सञ्चालनमा रहेको छ । ७७ जिल्लाबाट सहयोगापेक्षी सडकआश्रित मानवको उद्दार गर्दै आइरहेको मानव सेवा आश्रमका २४ वटा सेवाकेन्द्रबाट हाल १६४२ जनाले सेवा लिईरहेको उनले बताए । अधिकारीले पछिल्लो ११ वर्षमा मानवसेवा आश्रमले ९ हजार ४८ जनाको उद्दार गर्नुका साथै ३ हजार ४१२ जनाको पारिवारीक मिलन र ७८५ जनाको सामुदायिक पुनस्र्थापना गरिएको बताए ।

यसै अविधिमा १ हजार १२८ जनाको आश्रममै निधन भएको समेत अधिकारीले बताए । २०८२ सालभित्र सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माणको लक्ष्य लिएको बताउउँदै उनले यसैवर्ष चितवन, बुटवल, गोर्खा र पोखराको भवन समुद्घाटन हुने जानकारी दिए । सकारात्मक सोच र चिन्तनको विकास गर्ने उद्देश्यले स्थापना भएको एक गैरसरकारी संस्थाले नेपालमा नमूना लायक काम गरिरहेको भन्दै धेरै शुभ चिन्तकहरुले सहयोग गरिरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*