मनहरीमा ट्रकको ठक्करबाट विद्यार्थीको मृत्यु

साझाकुरा
२०८० मंसिर २८, बिहीबार १०:४०

हेटौंडा- मकवानपुरको पश्चिमी क्षेत्रस्थित मनहरी गाउँपालिकामा ट्रकको ठक्करबाट स्थानीय एक जना विद्यार्थीको मृत्यु भएको छ । बुधबार बिहान १० बजे मनहरी गाउँपालिका–७ रमनाटारस्थित पूर्वपश्चिम सडकखण्डमा दुर्घटना हुँदा एक जना विद्यार्थीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । चितवनबाट हेटौंडा जाँदै गरेको ना ५ ख ३७८३ नम्बरको ट्रकले पैदल हिँडिरहेका अन्दाजी ६ वर्षीय उमेश प्रजालाई ठक्कर दिएको थियो ।

राष्ट्रिय आधारभूत विद्यालय रमनटारमा कक्षा १ मा पढ्ने प्रजा ट्रकको ठक्करपछि गम्भीर घाइते भएका थिए । उनको उपचारको लागि चितवनस्थित पुरानो मेडिकल कलेज भरतपुरमा पठाइएको थियो । त्यहाँ उपचारको क्रममा मध्यान्ह पौने १२ बजे मृतघोषणा गरिएको थियो ।प्रहरीले ट्रक चालकलाई पनि नियन्त्रणमा लिएको छ । प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*