प्रदेशप्रमुख शर्मा अस्पतालबाट डिस्चार्ज
हेटौंडा- बागमती प्रदेशका प्रदेशप्रमुख यादवचन्द्र शर्मा बुधबार अस्पतालबाट डिस्चार्ज भएका छन् । प्रमुख शर्मालाई स्वास्थ्यमा समस्या देखिएपछि गत २३ मङ्सिरमा हेल्पिङ ह्याण्ड्स सामुदायिक अस्पताल, चावहिलमा उपचारका लागि भर्ना गरिएको थियो ।प्रदेशप्रमुखको कार्यालय, बागमतीले प्रेस विज्ञप्तिमार्फत प्रदेशप्रमुख शर्मा स्वास्थ्यलाभ गरी घर फर्केको प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
कार्यालयका प्रवक्ता उपसचिव गोविन्दप्रसाद पौडेलले जारी गरेको प्रेस विज्ञप्तीमा प्रमुख शर्माको उपचारमा तदारुकताका साथ खटिने चिकित्सक, नर्स र स्वास्थ्यकर्मी तथा उपचारको क्रममा सहयोग पु¥याउने सुरक्षाकर्मी, सरसफाईकर्मी, अस्पतालका कर्मचारी, कार्यालय तथा निजी सचिवालयका कर्मचारीलगायत स्वास्थ्यलाभको कामना गर्ने सम्पूर्ण शुभेच्छुकहरुप्रति प्रमुख शर्माले आभार व्यक्त गरेको उल्लेख छ ।







