स्वर्गीय आफन्तको सम्झनामा चौतारो निर्माण
हेटौंडा- मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिका–१० बिसिङ्खेलमा स्वर्गीय आफन्तको सम्झनामा स्थानीय बस्नेत परिवारले चौतारो निर्माण गरिदिएको छ ।बिसिङ्खेलकोे धाराचौरमा स्वर्गीय हजुरआमा कान्छी बस्नेत र काका पुरुषोत्तम बस्नेतको स्मृतिमामा हजुरबुबा ललितबहादुर बस्नेत, बुवा लक्ष्मण बस्नेत, काका हरिबल बस्नेत साथै नातिहरु अर्जुन बस्नेत, राजु बस्नेत र अमृत बस्नेतले चौतारो निर्माण गरेका हुन् । निर्माण गरिएको चौतारोको एक कार्यक्रम आयोजना गरी सहयात्री समाज सेवा गुठीलाई हस्तान्तरण गरिएको छ ।
स्वर्गीय हजुरआमा र स्वर्गीय काकाको पुण्यस्मृतिमा एक लाख दीपप्रज्वलन सहित पूजा गरी थाहा नगरपालिका प्रमुख विष्णुबहादुर विष्ट, वडा अध्यक्षहरु लगायतको उपस्थितिमा धुपिको विरुवा रोपेर चौतारो सहयात्री समाज सेवा गुठीलाई हस्तान्तरण गरिएको हो ।







