बागमती प्रदेशसभा बैठक अनिश्चित

साझाकुरा
२०८० मंसिर २९, शुक्रबार ११:२८

हेटौंडा-बागमती प्रदेश सभाको वर्षे अधिवेशन अन्त्य भएको २ महिना वितिसक्दा पनि हिउँदे अधिवेशन बोलाउने टु·ो लाग्न सकेको छैन । आर्थिक वर्ष २०८०÷८१ को बजेट पारित गर्दा प्रतिपक्षसँग भएको सम्झौता र संसदीय समितिले पूर्णता नपाउँदा प्रदेशसभाको वर्षे अधिवेसनका बैठक समेत नियमित चल्न सकेको थिएन । गत असोज २२ गते बागमती प्रदेशसभा वर्षे अधिवेशनको अन्तिम बैठक बसेको थियो । त्यसपछि अर्को सूचना नभएसम्मको लागि बैठक स्थगित भएको सभा सभामुख भुवन पाठकले सदनलाई जानकारी गराएको भएपनि असोज २४ गते वर्षे अधिवेशन अन्त्य गर्ने निर्णय बागमती मन्त्रिपरिषद्ले ग¥यो ।

बागमती प्रदेशप्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम बागमती प्रदेश मन्त्रिपरिषद्बाट सिफारिस भई आएअनुसार प्रदेशसभाको १२ औँ बर्खे अधिवेशन २३ गते (मंगलबार) मध्यराति १२ बजेदेखि अन्त्य गरेका थिए । वर्षे अधिवेशन अन्त्य भएको २ महिना बितिसक्दा पनि हिउँदे अधिवेशनको टुं·ो छैन । यो दुई महिनासम्म प्रदेशसभाका सदस्यहरु कामविहीन भएका छन् । प्रदेशसभा बैठक संचालन हुन नसक्दा सदस्यहरुलाई न बैठकको चटारो छ न त प्रदेशको राजधानी हेटौडा आउने झन्झट व्यहोर्नु परेको छ ।

प्रदेशसभाको वर्षे अधिवेशनको वैठक पनि सरकार र प्रतिपक्षदलका कारण पटकपटक अवरुद्ध भएका थिए । गत असारमा प्रदेशसभाबाट बजेट पारित गर्ने समयदेखि प्रदेश सरकार दबाबमा पर्दै आएको छ भने त्यसपछिका वैठक समेत प्रभावित हुँदै आएका छन् । मुख्यमन्त्री जम्कट्टेलले आर्थिक वर्ष २०८०÷८१ को बजेट पारित गर्दा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र प्रतिपक्ष दल राप्रपासँग गरेको सम्झौता कार्यान्वयनमा नआएको विषयले सभा सञ्चालनमा पटकपटक समस्या भएको थियो । सरकार र प्रतिपक्ष दलबीचको आन्तरिक समस्या प्रदेशसभा बैठकमा प्रवेश भएपछि बैठक बस्न सकसपूर्ण हुँदै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*