क्रिसमसको शुभकामना आदानप्रदान

साझाकुरा
२०८० मंसिर २९, शुक्रबार ११:३२

हेटौंडा- पास्टर एकता जागृति अभियान दक्षिण भेग हेटौंडाको आयोजनामा बडादिन ख्रीष्टमस महोत्सव सम्पन्न भएको छ । अभियानका अध्यक्ष दर्शन पाख्रिनको सभाध्यक्षता तथा मकवानपुरका अग्रज रेभरेण्ड पास्टर मानबहादुर थिङको प्रमुख आथित्यतामा कार्यक्रम भएको हो ।लक्ष्मी तितुङले सहजीकरण गरेको कार्यक्रममा साल्बेशन चर्चका पास्टर दीपक भोलनले प्रार्थना, दक्षिण भेगका उपाध्यक्ष पास्टर रोन तामाङले स्वागत मन्तव्य दिएका थिए । एकता जवान संगतीका क्यायर झुण्डले विभिन्न क्रिसमस गीतहरु प्रस्तुत गर्दै प्रशंसाको भागलाई संचालन गरेको कार्यक्रममा हाँस्यकलाकार रुवेन खड्काले दर्शकलाई पेट मिचिमिचि हँसाएर भरपुर मनोरञ्जन दिएका थिए । पहिलो चरणमा मोटुपात्लुको अभिनय गर्दै मनोरञ्जन दिलाए भने दोस्रो चरणमा देशको अवस्था र क्रिसमसलाई लिएर प्रस्तुती दिदै दर्शकलाईमनोरञ्जन प्रदान गरे ।

कार्यक्रमका प्रमुख वक्ता तथा बेरिया चर्चका पास्टर महेश दोङले यस संसारको मुक्तिदाता प्रभु येशु ख्रिष्टको शुभ जन्मदिन ख्रिष्टमसको महत्व र मनाउनुको उद्देश्यबारे बताए । उनले क्रिसमसको सन्देश बाँड्दै येशु ख्रीष्ट संसारमा मानव जातिको लागि बलिदान दिनलाई आएको अनि परमेश्वरले आफ्नो पुत्र येशुको माध्यमबाट मानव जातिलाई प्रेमगरेको बताए । क्रिसमस परमेश्वरको प्रेमको प्रतीक हो उनले भने,–‘यो समय परमेश्वरको प्रेम प्रदर्शन गर्ने समय हो भन्दै क्रिसमस वा ख्रीष्टमस अब येशू ख्रीष्टलाई पाइसकेकाहरुको जीवनबाट गवाही भएर देखिनुपर्छ ।’

उनले नेपाली दाजुभाइ, दिदीवहिनी तथा नेपालका सम्पूर्ण मण्डली परिवारमा सुःख शान्ति एवम् उत्तरउत्तर प्रगतिको शुभकामना सहित सु—सन्देश बाँडेका थिए । कार्यक्रमका सहभागी अतिथिले हाम्रो देश नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताले भरिपूर्ण एक सुन्दर मुलुक भएको भन्दै इसाई धर्मावलम्बीको महान चाड क्रिसमसको उपलक्ष्यमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरु प्रति सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, सम्वृद्धि र उत्तरोत्तर प्रगतिको कामना व्यक्त गरे ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका नगरकार्यपालिका सदस्य पातलीमाया गोम्बा, वडासदस्यहरु राजेन्द्र तितुङ, मिनु बिक, मकवानपुर ईसाई समाजका अध्यक्ष निमटोल्मा आचार्य, राष्ट्रिय ख्रीष्टियन महासंघ मकवानपुरका अध्यक्ष नवराज घलान, मकवानपुर पास्टर एशोसियशनका अध्यक्ष सुवास गोपाली, एकता जवान संगतीका संस्थापक अध्यक्ष ईश्वर पाखिन, हेटौंडा उपमहानगरपालिका टोल विकास समवन्य समितिको सचिव हर्करत्न तितुङ, बडा टोल विकास समवन्य समिति अध्यक्ष सिंह विश्वकर्मालगायतका प्रतिनिधको सहभागिता रहेको थियो ।

चित्रेपानी सामुदायिक बन समूहका अध्यक्ष बालकुमार थापा, सोलिड्यारिटी स्कूलका संस्थापक ऋषिराम आचार्य, मकवानपुर इसाई एकता स्वतन्त्र दिदीबहिनी संगतीका अध्यक्ष कुमारी स्याङतान, एकता जवान संगतीका अध्यक्ष सुमनघलान, नेपाल ख्रीष्टियन बाल संगतीका पास्टर महिमा लामा, मकवानपुर पास्टर एशोसियशनका निवर्तमान अध्यक्ष दीपक भोलन, हजुरको खबरका प्रमुख रुपककालिराजलगायत विभिन्न चर्चका पास्टर, अगुवा, जवान, समाजसेवी बुद्धिजीवी वर्ग , राजनीतिक पार्टीका प्रतिनिधि, संघसंस्थाका प्रतिनिधिको उपस्थिति थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*