जुरीखेत मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यु
हेटौंडा-मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतमा मोटरसाइकल दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ । दुर्घटनामा एकजना घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकल चालक हेटौंडा उपमहानगरपालिका–३ बसामाडी बस्ने २५ वर्षीय विकल सारुमगर रहेका छन् ।प्रदेश ३–०२–००८ प ४२४० नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा विकल गम्भीर घाइते भएका थिए । उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनाका घाइते भएका मोटरसाइकलमा सवार अन्य एक जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।







