रातोमाटेबाट ४ सय ८० ग्राम सुनसहित दुईजना पक्राउ

साझाकुरा
२०८० मंसिर ३०, शनिबार १४:२७

हेटौंडा, २९ मंसिर÷ जिल्ला प्रहरी कार्यालय मकवानपुरले ४ सय ८० ग्राम सुनसहित दुई जनालाई पक्राउ गरेको छ ।शुक्रबार प्रहरीले मकवानपुर हेटौंडा उपमहानगरपालिका–१५ स्थित रातोमाटेबाट भारत अमृतसार पञ्जाव बस्ने ३४ बर्षीय तर्सिम सिंह र धनुषा सबेला नगरपालिका–२ बस्ने ३९ बर्षीय हितेशकुमार साहलाई ४ सय ८० ग्राम ८३ मिलिग्राम सुन सहित नियन्त्रणमा लिएको हो ।काठमाडौंबाट बीरगञ्जतर्फ जाँदै गरेको ना ५ ख ६२१७ नम्बरको बसमा सवार सिंहको साथबाट ७४ हजार ५ सय २३ रुपैयाँ बराबरको सुनको सिक्री २ थाान (सुन खाद कट्टी कटाएर ७ ग्राम २६८ मि.ग्राम), २ लाख ३२ हजार १ सय ४३ रुपैयाँ बराबरको बेरिएको बाला १ थान र स–सना २ थान (२२ ग्राम ६४० मिलिग्राम) गरी जम्मा ३ लाख ६ हजार ६ सय ६६ रुपैयाँको सुन बरामद गरिएको मकवानपुर प्रहरीले जनाएको छ ।

यसैगरी बागमती प्रदेश ०३–००१ ख १७२७ नम्बरको बसमा सवार साहको साथबाट ४६ लाख १५ हजार ९ सय ५९ रुपैयाँ बराबरको सुनको ब्रास्लेट ९ थान (४५० ग्राम १७५ मिलिग्राम) सुन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।उनीहरुको साथबाट ४९ लाख २२ हजार ६ सय २५ रुपैयाँ बराबरको ४ सय ८० ग्राम ०८३ मिलिग्रामको सुन बरामद गरिएको प्रहरीले जनाएको छ । बराबरको अबैध सुनसहित सिंह र साहलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारा पठाइएको मकवानपुर प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*