भूमिहीन तथा अव्यवस्थित बसोबास व्यवस्थापन गर्न समिति

साझाकुरा
२०८० मंसिर ३०, शनिबार १४:४४

हेटौंडा- मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ले वडाभित्र रहेको भूमिहीन तथा अव्यवस्थित बसोबास व्यवस्थापन गर्नको लागि सहजिकरण समिति गठन गरेको छ । वडा कार्यालयमा भएको सरोकारवालाको भेलाले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासको लगत संकलन सम्बन्धी कार्यविधि, २०७८ अनुसार वडास्तरको सहजिकरण समिति गठन गरिएको हो । कार्यविधि अनुसार स्थानीय तहको प्रमुख वा अध्यक्ष संयोजक रहेको सहजिकरण समिति गठन गर्नुपर्ने प्रावधान छ । यसैअनुसार वडास्तरमा समिति गठन गरिएको हो । वडाअध्यक्ष अर्जुनप्रसाद तिमल्सिनाको अध्यक्षतामा समिति गठन गरिएको हो । समितिको सदस्यहरुमा सानुकान्छा मोक्तान, संगीता परियार, सुमित्रा लामिछाने रहेका छन् ।

यसैगरी राजनीति दलको तर्फबाट नेपाली कांग्रेसका श्यामबहादुर पाख्रिन, नेकपा एमालेबाट केदारनाथ सापकोटा, नेकपा माओवादी केन्द्रबाट हेमबहादुर योन्जन, राप्रपा नेपालबाट हस्तबहादुर लोप्चन, रास्वपा स्वतन्त्रबाट श्यामसिं ठकुरी रहेका छन् । यसैगरी दलित सदस्यको रुपमा काजीमान विक, किसान प्रतिनिधिको रुपमा जानुकासिं ठकुरी, संघसंस्था प्रतिनिधिको रुपमा टुकप्रसाद हुमागाई र समितिको सदस्य सचिवको रुपमा वडासचिव सरस्वती चालिसे रहेका छन् ।वडा कार्यालयले केही समयअघि लक्षित वर्गको निवेदन संकलन गरेकोमा ३ दर्जन निवेदन वडामा प्राप्त भएको वडाअध्यक्ष तिमल्सिनाले बताए । सहजिकरण समितिले वडामा देखिएको समस्याबारे भूमि आयोगसँग छलफल गरेर समस्यालाई सहजिकरण गर्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*