जुरेथुमलाई पर्यटकीय क्षेत्र बनाउँछौंः उपप्रमुख बानियाँ

साझाकुरा
२०८० पुष १, आईतवार १०:१०

हेटौंडा- हेटौंडा उपमहानगरपालिका–१७ मा रहेको जुरेथुम पर्यटक तथा पिकनिक क्षेत्र समितिको आयोजनामा वृहत छलफल तथा अन्तरक्रिया भएको छ । समितिका अध्यक्ष शंकरबहादुर राउतको अध्यक्षतामा भएको अन्तरक्रियामा हेटौंडा उपमहानगरपालिका उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा उपप्रमुख बानियाँले जुरेथुम क्षेत्रलाई पर्यटकीय क्षेत्रको विकास र विस्तार गर्न उपमहानगरपालिका तयार रहेको र आवश्यक सहयोग गरिने बताए ।

आन्तरिक तथा बाह्य पर्यटकलाई कसरी यस क्षेत्रमा आर्कषण गर्ने सकिन्छ र यसको विकास कसरी गर्न सकिन्छ भन्ने उद्देश्यका साथ गरिएको अन्तरक्रियामा उपप्रमुख बानियाँले वडामार्फत् हुन्छ कि उपमहानगरकै बजेटबाट यसको विस्तार र विकास गरिने बताए । जिल्लाकै उत्कृष्ट पर्यटकीय क्षेत्र बनाई आन्तरिक र बाह्य पर्यटक भित्राउनु पर्ने बताए । बनभोजस्थल निर्माण गरी यस क्षेत्रको विकास गरिनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा वडा नम्बर १६ का वडाध्यक्ष रामकृष्ण कोइराला, वडा नम्बर १७ वडाध्यक्ष उद्धव सत्याल, वडा सदस्य राजन दहाल, नवराज न्यौपाने, जुरेथुम पर्यटक तथा पिकनिक क्षेत्र मकवानपुर समितिका निर्वतमान अध्यक्ष रमेश पौडेल, राधामाधव समितिका प्रतिनिधि विजयकुमार शर्मालगायतको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*