प्रदेशप्रमुख शर्मा फेरि अस्पताल भर्ना

साझाकुरा
२०८० पुष १, आईतवार १०:१७

हेटौंडा-बागमती प्रदेशप्रमुख यादवचन्द्र शर्मा स्वास्थ्यमा समस्या आएपछि पुनः अस्पताल भर्ना भएका छन् । मङ्सिर २८ गते बिहीबारदेखि उनी अस्पताल भर्ना भएका हुन् ।मङ्सिर २३ गतेदेखि २७ गतेसम्म हेल्पिङ ह्याण्ड्ससामुदायिक अस्पताल, चावहिलमा उपचारार्थ भर्ना भई डिस्चार्ज भएकोमा स्वास्थ्यमा पुनः समस्या देखिएपछि पुनः अस्पतालतमा उपचारार्थ भर्ना भएको प्रदेशप्रमुखको कार्यालयका प्रवक्ता गोविन्दप्रसाद पौडेलले जानकारी दिए ।यसअघि स्वास्थ्य परीक्षणका क्रममा प्रमुखमा निमोनिया पनि देखिएको थियो । प्रमुख शर्मालाई केही दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने अस्पतालले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*