सृजना टोल विकास संस्थाको भेला
हेटौंडा-हेटौंडा उपमहानगरपालिका–६, स्थित सृजना टोल विकास संस्थाको २२ औं वार्षिक साधारणसभा शनिवार भएको छ ।साधारणसभाको बन्दसत्रले पुनः जीवकुमारी पौडेलको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा सुनिता पौडेल, सचिवमा टुककुमारी चौलागाई, सहसचिवमा पवित्रा आचार्य र कोषाध्यक्षमा देवकी तिवारी चयन भएका छन् । यसैगरी सदस्यहरुमा कविता उप्रेती, अप्सरा दुलाल, अनु पौडेल र सुमित्रा पौडेल चयन भएका छन् ।
नयाँ कार्यसमिति चयनको लागि टोल विकास संस्था नगरसमन्वय समितिकी सचिव चन्द्रावती पनेरु संयोजक, भूगोल सदस्य गोमा लामिछाने र टोल विकास संस्था वडा समन्वय समिति, हेटौडा–६ का सचिव राजकुमार फुयाँल सदस्य रहेको ३ सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो ।साधारण सभाको उद्घाटन कार्यक्रममा समूहकी अध्यक्ष पौडेलले संस्थागत प्रतिवेदन र कोषाध्यक्ष पवित्रा आचार्यले आर्थिक प्रतिवेदन पेश गरेका थिए । साधारणसभामा ज्येष्ठ सदस्य रेशमकुमारी तिवारी, हिमकुमारी थापा र सञ्चारकर्मी भीमसेन पौडेललाई पुरस्कृत गरिएको थियो ।
हेटौंडा–६ का वडाअध्यक्ष विष्णुबहादुर दाहालको प्रमुख आतिथ्यता एवम संस्थाकी अध्यक्ष पौडेलको सभाध्यक्षतामा साधारण सभा भएको हो । साधारणसभामा जनकल्याण सहकारीका अध्यक्ष हिमाल पौडेल, श्रीनिवास टोल विकास संस्थाका अध्यक्ष जर्नादन पौडेल, न्यूरेनी चिसापानी सामुदायिक वनकी सचिव शान्ति तिमल्सिना, संस्थाका सल्लाहकार प्रल्हाद शर्मा आचार्य, संस्थाकी सचिव मीना अधिकारीलगायतको आतिथ्यता रहेको थियो । ८५ घरधुरी रहेको यो संस्थामा १ सय ५५ जना बचत सदस्य रहेका छन । संस्थाले ३७ लाख ४ हजार बचत संकलन गरेको छ भने ३६ लाख ४९ हजार कर्जा प्रवाह गरेको छ ।







