हेटौंडा ईन्फिल्डर्समा शाही

साझाकुरा
२०८० पुष १, आईतवार १०:२४

हेटौंडा-एक दसक अघि हेटौंडामा स्थापना भएको हेटौंडा ईन्फिल्डर्स क्लबको १० औं साधारणसभा शनिबार हेटौंडामा सम्पन्न भएको छ ।साधारणसभाले राजक शाहीको अध्यक्षतामा नयाँ नेतृत्वको समिति चयन गरेको छ । उपाध्यक्षमा सुदीप चौलागाई, सचिवमा सानोकाजी वस्ताकोटी, सहसचिवमा सुदीप गुप्ता, कोषाध्यक्षमा अनिल श्रेष्ठ चयन भएका छन् । सदस्यहरुमा सुजन उप्रेती, जीतेन नेपाली, सुनिल लोप्चन, रबिन्द्रबिक्रम सापकोटा चयन भएका छन् । संस्थाको सल्लाहकारमा सौरभ श्रेष्ठ रहेका छन् । संस्थाले ट्राफिक सचेतना, रक्तदान, बिबिध खेलकुदलगायत सामाजिक कार्य गर्दै आइरहेको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*