कमानेमा दुईदिने सडक महोत्सव
हेटौंडा-हेटौंडा–८, कमानेमा कमानेको खाऔं, कमानेलाई चिनौं भन्ने नारासहित ६ र ७ पुसमा हेटांैडा–फापरवारी रोडमा महोत्सव सञ्चालन हुने भएको छ ।वडामा रहेका साना उद्योग तथा उद्यमीको उत्पादनलाई बजारीकरण गर्दै स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्य राखेर सडक महोत्सव सञ्चालनको तयारी गरिएको आईतवार वडामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । व्यापार प्रवद्र्धन एवम् प्रदर्शनी सडक महोत्सव आयोजक समितिका संयोजक बिष्णुप्रसाद अर्जेलले वडामा रहेका १९ टोल विकास सस्थामा आवद्ध रहेका महिला उद्यमीले उत्पादन गरेको स्थानीय बस्तुलाई बजारीकरणमा महोत्सवले मद्दत पु¥याउने बताए ।
उनका अनुसार बिभिन्न समयमा हेटौंडा उपमहानगरबाट लिएका बिभिन्न प्रकारका तालिममा सहभागी आमा समूहले उत्पान गरेका सामग्री महोत्सवमा समावेस गरिने छ । कमानेको निमचोकदेखि सागरचोकसम्मको करिब १८० मिटर क्षेत्रमा सञ्चालन हुने महोत्सवमा स्थानीय उत्पादन र खानाको गरी ७० वटा स्टल रहने बताइएको छ । महोत्सवले बिषेश गरी वडाभित्रको उत्पादनलाई जोड दिएको भएपनि बाह्य वडावाट पनि स्टलको आवश्यकता अनुसार सहभागिता जनाउन सक्ने व्यवस्थापन गरीएको प्रचाप्रसार संयोजक
सुदीपराज गिरीले बताए । सस्थागत र व्यक्तिगत रुपमा स्टलको दररेट कायम गरेको पत्रवकार सम्मेलनमा जानकारी दिइएको थियो ।
आयोजक समितिका संयोजक अर्जेलका अनुसार प्रदर्शनीमा बिभिन्न २१ वटा बालसमूहमार्फत नृत्यसहितका सांस्कृतिक कार्यक्रम समावेश गरिएको छ । प्रदर्शनी मेला तथा सांस्कृतिक कार्यक्रमलाई सफल बनाउँनका लागि ८ नम्बर वडा कार्यालयले १०१ सदस्यीय व्यापार प्रवद्र्धन समिति बनाएर व्यवस्थित बनाउँने काम गरेको छ । महोत्सवका लागि वडा कार्यालयले चालु आर्थिक बर्ष २०८०÷८१ मा छुट्याएको ३ लाख रुपैयाँ सहित अन्य सहयोगीबाट जुटाएर ७ लाख रुपैयाँ खर्च अनुमान सहित कार्यक्रम गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
पत्रकार सम्मेलनमा वडाअध्यक्ष रामकृष्ण थापाले अन्य ठाउँका भन्दा फरक शैली र दृष्ट्रिकोणसहित महोत्सव सञ्चालन गर्न खोजिएको बताए । ऐतिहासिकता केही नभएपनि मौलिकतासहितको कार्यक्रमको कल्पना गरिएको उनको भनाई छ । सम्मेलनमा वडासदस्यहरु गोरखनाथ राय, राजु मोक्तान सहित बिभिन्न समिति तथा उपसमितिका संयोजकहरुको सहभागिता थियो ।







