जंगली हात्तीबाट मनहरीको दुई घरमा क्षति

साझाकुरा
२०८० पुष ३, मंगलवार १२:४१

हेटौंडा-मनहरीको पश्चिमी क्षेत्रस्थित मनहरी गाउँपालिकामा जंगली हात्तीले घर भत्काएको छ । मनहरी गाउँपालिका–८ सिम्पानीस्थित टल्के चेपाङको घर जंगली हात्तीले भत्काएको हो ।पुस १ गते राती हात्तीले चेपाङको ढुंगा र जस्ताले बनेको १ तले घरमा पूर्णरुपमा क्षति पु¥याएको मकवानपुर प्रहरीले जनाएको छ । यसैगरी हात्तीले स्थानीय रामबहादुर तामाङको गोठमा समेत आंशिक क्षति पु¥याएको प्रहरीले जानकारी दिएको छ । प्रहरी र पर्सा राष्ट्रिय निकुञ्जको नेपाली सेनाको टोलीले स्थानीय समेतको सहयोगमा हात्तीलाई जंगलतर्फ पठाइएको छ । प्रहरीका अनुसार कुनै मानवीय क्षती भएको छैन ।

हात्तीको उच्चजोखिम रहेको गाउँबस्तीमा अतिआवश्यक बाहेक अन्य समयमा घर बाहिर निस्कन रोक लगाइएको मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले जानकारी दिए । जिल्लाको सुरक्षा समितिको निर्णयअनुसार जोखिम क्षेत्रमा सुरक्षाकर्मी परिचान गरिएको र बढी क्षमता भएको बिजुली बत्ति जडान गर्ने काम भइरहेको उनले बताए । निकुञ्जले नम्बरी जग्गा नभएका पीडित परिवारलाई क्षतिपूर्ति नदिएपछि पालिकाले नै घरगोठ मर्मत गरिरहेको समेत जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*