बजारमा शिवम्को जनचेतनामूलक सन्देश
हेटौंडा- हेटौंडास्थित शिवम् सिमेन्ट उद्योगले गुणस्तरीय, सुरक्षित र टिकाउ घर निर्माणका लागि जनचेतनामूलक सन्देश प्रवाह गरेको छ ।हालै मात्र जानकारी मूलक भिडियो सन्देश ‘शिवम् सन्देश’ सार्वजनिक गरेको उद्योगले सोमबारबाट हेटौंडाका चोकचोकमा स्ट्यााण्ड बोर्ड राखेर ‘शिवम् सन्देश’ बारे जानकारी तथा प्रचारप्रसार गरेको हो । प्रचार भइरहेको स्थलमै शिवम सन्देशबारे बुझ्न चाहानेको लागि तत्कालै जानकारी प्रदान गरिएको उद्योगले जनाएको छ । हेटौंडासहित देशका विभिन्न सहरमा शिवम्ले ‘शिवम् सन्देश’को प्रचार गर्न लागेको कम्पनीले जानकारी दिएको छ । शिवम् सिमेन्टले आफ्नो प्रचारप्रसारमा विभिन्न समयमा नयाँ–नयाँ उपाय अपनाउँदै आइरहेको छ ।
यसमा घर निर्माणपूर्व निर्माणका योजना बनाउँदा, घर बनाउँदा र घर बनाइसकेपछि ध्यान दिनुपर्ने विभिन्न महत्वपूर्ण जानकारीहरु समावेश गरिएको छ । घर बनाउने जग्गाको छनोट गर्ने बारेका सुझावदेखि गुणस्तरीय निर्माण सामग्रीको छनोट र भण्डारण कसरी गर्ने, विभिन्न मौसममा घर बनाउँदा के–कस्ता कुरामा विचार पु¥याउने लगायतका उपयोगी जानकारी समेटिएको शिवम् सन्देशले ‘भरोसा अटुट सम्बन्धको’ भन्ने शिवम् सिमेन्टको नारालाई अझै उचाइमा पु¥याएको कम्पनीको दाबी छ ।
भूकम्प र बाढी–पहिरो जस्ता प्राकृतिक प्रकोप प्रतिरोधी घर निर्माण कसरी गर्ने, इन्जिनियर र आर्किटेक्ट जस्ता प्राविधिकको महत्व कति हुन्छ ?, घर बनाउँदा बजेटको व्यवस्थापन र वितरण कसरी गर्ने ? जस्ता प्रश्नको सरल जनबोलीमा दिइएका सल्लाह र सुझावहरु ‘शिवम् सन्देश’मा समेटेको छ । साधारण लाग्ने तर, घर निर्माणको योजना बनाउन र घर निर्माणका क्रममा निकै उपयोगी हुनसक्ने महत्वपूर्ण जानकारी, सल्लाह र सुझाव पनि यसमा समेटिएको छ ।
सन् २००३ मा हेटौंडामा स्थापित शिवम् सिमेन्ट उद्योगले स्थानीय चुनढुंगाको प्रयोग गरी उच्चगुणस्तरीय शिवम् सिमेन्टको उत्पादन गर्दै आएको छ । हेटौंडा, २ पुस÷ हेटौंडास्थित शिवम् सिमेन्ट उद्योगले गुणस्तरीय, सुरक्षित र टिकाउ घर निर्माणका लागि जनचेतनामूलक सन्देश प्रवाह गरेको छ ।हालै मात्र जानकारी मूलक भिडियो सन्देश ‘शिवम् सन्देश’ सार्वजनिक गरेको उद्योगले सोमबारबाट हेटौंडाका चोकचोकमा स्ट्यााण्ड बोर्ड राखेर ‘शिवम् सन्देश’ बारे जानकारी तथा प्रचारप्रसार गरेको हो । प्रचार भइरहेको स्थलमै शिवम सन्देशबारे बुझ्न चाहानेको लागि तत्कालै जानकारी प्रदान गरिएको उद्योगले जनाएको छ । हेटौंडासहित देशका विभिन्न सहरमा शिवम्ले ‘शिवम् सन्देश’को प्रचार गर्न लागेको कम्पनीले जानकारी दिएको छ । शिवम् सिमेन्टले आफ्नो प्रचारप्रसारमा विभिन्न समयमा नयाँ–नयाँ उपाय अपनाउँदै आइरहेको छ ।
यसमा घर निर्माणपूर्व निर्माणका योजना बनाउँदा, घर बनाउँदा र घर बनाइसकेपछि ध्यान दिनुपर्ने विभिन्न महत्वपूर्ण जानकारीहरु समावेश गरिएको छ । घर बनाउने जग्गाको छनोट गर्ने बारेका सुझावदेखि गुणस्तरीय निर्माण सामग्रीको छनोट र भण्डारण कसरी गर्ने, विभिन्न मौसममा घर बनाउँदा के–कस्ता कुरामा विचार पु¥याउने लगायतका उपयोगी जानकारी समेटिएको शिवम् सन्देशले ‘भरोसा अटुट सम्बन्धको’ भन्ने शिवम् सिमेन्टको नारालाई अझै उचाइमा पु¥याएको कम्पनीको दाबी छ ।
भूकम्प र बाढी–पहिरो जस्ता प्राकृतिक प्रकोप प्रतिरोधी घर निर्माण कसरी गर्ने, इन्जिनियर र आर्किटेक्ट जस्ता प्राविधिकको महत्व कति हुन्छ ?, घर बनाउँदा बजेटको व्यवस्थापन र वितरण कसरी गर्ने ? जस्ता प्रश्नको सरल जनबोलीमा दिइएका सल्लाह र सुझावहरु ‘शिवम् सन्देश’मा समेटेको छ । साधारण लाग्ने तर, घर निर्माणको योजना बनाउन र घर निर्माणका क्रममा निकै उपयोगी हुनसक्ने महत्वपूर्ण जानकारी, सल्लाह र सुझाव पनि यसमा समेटिएको छ । सन् २००३ मा हेटौंडामा स्थापित शिवम् सिमेन्ट उद्योगले स्थानीय चुनढुंगाको प्रयोग गरी उच्चगुणस्तरीय शिवम् सिमेन्टको उत्पादन गर्दै आएको छ ।







