बसपार्कबाट लागुऔषधसहित युवक पक्राउ

साझाकुरा
२०८० पुष ४, बुधबार ११:११

हेटौंडा-जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौंडा उपमहानगरपालिका–१० बसपार्कबाट लागुऔषध खैरो हेरोइन सहित एकजना युवकलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा हेटौंडा–१२ पदमपोखरी बस्ने ३४ बर्षीय रबिकुमार तामाङ रहेका छन् । प्रहरीचौकी बसपार्कमा खटिएको प्रहरीटोलीले सोमबार दिउँसो १ ग्राम लागूऔषध खैरोहेरोइन सहित तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पक्राउ परेका तामाङमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*