जग्गा ओगटेर बसेका चार उद्योगको सम्झौता रद्द

साझाकुरा
२०८० पुष ४, बुधबार ११:३१

हेटौंडा-हेटौंडा औद्योगिक क्षेत्रमा उद्योग खडा नगरी जग्गा मात्रै ओगटेर बसेका चारवटा उद्योगको जग्गा भाडा सम्झौता रद्द गरिएको छ ।हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले उद्योग सञ्चालन गर्न सम्झौता गरी उद्योग सञ्चालनमा नल्याउने चारवटा उद्योगसँगको सम्झौता रद्द गरेको हो । सम्झौता भएको ६ महिनाभित्रमा आवश्यक संरचना निर्माण कार्य सुरु गरी दुई वर्षभित्रमा उद्योग सञ्चालनमा ल्याइसक्नुपर्ने कानुनी प्रावधान छ । तर, दुई वर्षभन्दा बढी भइसक्दा समेत हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले सम्झौता रद्द गर्न सकेको थिएन । जसकारण ती उद्योगले जग्गा मात्रै ओगट्दा नयाँ उद्योगले ठाउँसमेत पाउन सकेका थिएनन् ।

हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका क्षेत्र व्यवस्थापक भोजराज बिनाडीले सनराइज कन्टेनर्स प्रालि, नाथ फुड्स् इण्डष्ट्रिज प्रालि, लक्ष्मी पेन्ट्स प्रालि र बिवाईएस हेटौंडा प्रालिसँग हेटौंडा औद्योगिक क्षेत्रभित्र उद्योग सञ्चालन गर्न गरिएको सम्झौता रद्द गरिएको जानकारी दिए ।उद्योग सञ्चालन गर्न सम्झौता गरेका ती उद्योगले आवश्यक संरचना निर्माणसँगै उद्योग सञ्चालनमा ल्याउन नसकेपछि सम्झौता रद्द गरेको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*