हेटौंडामा तीनदिने सडक खाना महोत्सव

साझाकुरा
२०८० पुष ६, शुक्रबार १०:१५

हेटौंडा-कोरोना महामारीका कारण रोकिएको सडक खाना महोत्सवले निरन्तरता पाउने भएको छ । हेटौंडा उपमहानगरपालिकाको सहयोगमा तीन दिनसम्म सडक खाना महोत्सव आयोजना गरिने भएको छ । होटल एसोसिएसन मकवानपुरको आयोजनामा हेटौंडा–४, हुप्रचौरमा तीनदिन सडक खाना महोत्सव हुने भएको हो । आगामी पुस १३ गतेदेखि १५ गते हेटौंडा–४, हुप्रचौरमा सडक खाना महोत्सव आयोजना गरिने एसोसिएसनले विहीबार पत्रकार भेटघाट गरी जानकारी गराएको हो । २०६५ सालदेखि गरिँदै आएको महोत्सव २०७६ सालयता हुन नसकेकोमा यो वर्ष आयोजना गर्न लागिएको एसोसिएसनका कार्यवाहक अध्यक्ष विष्णुगोपाल महर्जनले जानकारी दिए ।

इस्वी सम्वतको नयाँवर्षको अवसरमा एसोसिएसनले आयोजना गर्ने सडक खाना महोत्सवले स्थानीय परिकारका साथै आन्तरिक पर्यटन प्रवद्र्धन समेत हुने अपेक्षा गरिएको महर्जनले बताए । महोत्सवमा सहभागी व्यवसायीले आफ्नो सेवाको समेत प्रवद्र्धन गर्ने अवसर पाउनेछन् ।

‘सडकमै जाऔं, सडकमै खाऔं, सडकमै रमाऔं’ भन्ने नारा सहित आयोजना गर्न लागिएको महोत्सवमा ११ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ । महोत्सव आयोजनामा ४० वटा स्टल रहने छ । महोत्सवमा हेटौंडा उपमहानगरपालिकाले पनि सहयोग गर्ने महर्जनले बताए । ३० हजार भन्दा बढी दर्शकको महोत्सवमा सहभागिता रहने अनुमान आयोजकको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*