हेटौंडा आसपासका पर्यटकीय क्षेत्रमा पदयात्राको अबसर

साझाकुरा
२०८० पुष ६, शुक्रबार १०:१८

हेटौंडा-मकवानपुरगढी पर्यटन विकास समन्वय समितिले पुस महिनाको हरेक शनिवार पदयात्रा (हाइकिङ) को कार्यक्रम आयोजना गनै भएको छ । न्यूनतम शुल्क (खाना, खाजाबापतको) लिएर एकदिने पदयात्रा गर्ने अवसर उपलब्ध गराउन लागेको हो । पदयात्रामा सहभागीलाई मकवानपुरगढी, ढुंगेगढी, राजकुवा, कालिकादेवी मन्दिर, जु·े दरबार तथा शिखर कटेरीस्थित विजयपार्कको अवलोकन गराइने बताइएको छ । आगामी पुस ७ गते शनिवारबाट साप्ताहिक पदयात्रा सुरुवात गरिने पदयात्रामा जान चाहनेका लागि हेटौंडा बजारबाट बसको ब्यवस्था गरिएको बताइएको छ । हरेक शनिबार हेटौंडाबाट बिहान ८ बजे बस छुट्ने बताइएको छ ।

मकवानपुरको ऐतिहासिक चिनारीसँग मकवानपुरगढी दरबारको इतिहास जोडिएको छ । नेपाल एकीकरणपूर्व यहाँ सेन वंशका राजाहरुले शासन गर्दथे । तत्कालीन स–साना राज्य राजौटामा विभक्त नेपालमा सेन राजाहरुको मकवानपुर राज्यमा वर्तमान नेपालको २२ जिल्ला समेटिएका थिए । मकवानपुर राज्य दक्षिणीगंगाको समथर मैदान र पूर्वमा जलपाइगुडि टिस्टासम्म फैलिएको थियो । सेन राजाहरुले करिब ३०० वर्षसम्म मकवानपुरमा शासन संचालन गरेका थिए । मकवानपुरगढी दरबार सेन राजाहरुको राजधानी थियो ।

मकवानपुरको नामाकरण उनै सेन वंशका मुकुन्द सेनसँग जोडिएको पाइन्छ । मकवानपुर जिल्लाको ऐतिहासिक धरोहरको रुपमा जीवन्त रहेको यस दरबार क्षेत्रको आसपासमा त्यसबखत निर्मित विभिन्न किल्ला, धार्मिक, ऐतिहासिक संरचनाहरु प्रशस्त मात्रामा रहेका छन् । मकवानपुरगढी, ढुं·ेगढी, डढुवागढी तथा जु·े दरबार आदि त्यसबखतका उन्नत तथा वैज्ञानिक तवरमा निर्मित संरचनाको रुपमा देख्न सकिन्छ । यस क्षेत्रमा रहेका यस्ता अनगिन्ती दरबार किल्ला तथा भग्नावशेषको अध्ययन, अवलोकन तथा ऐतिहासिक जानकारी गराउने उद्देश्यले समितिले साप्ताहिक पदयात्रा गराउन लागको जानकारी दिएका छ ।

पदयात्रामा जान चाहने पर्यटकलाई बसमा लगिने र पाँचसय रुपैयाँ शुल्क लाग्ने समितिले जनाएको छ । पदयात्रामा भीमफेदीको चिसापानीगढीदेखि मकवानपुरगढी दरबार, सानोगढी, ढुंगेगढी, भैरव डाँडा, गुम्बाडाँडालगायतका हेटौंडा क्षेत्रभित्र र आसपासका पर्यटकीय क्षेत्रमा लगिने समितिका ओकिलराज बानियाँले बताए । पदयात्राका लागि हेटौंडा उपमहानगरपालिकाले सहयोग गरेको उनले बताए ।

पदयात्रामा जना चाहनेले समितिका पदाधिकारीहरु केदारप्रसाद न्यौपाने, शंकरलाल श्रेष्ठ, उमा श्रेष्ठ, वकिलराज बानियाँसँग सम्पर्क राख्न सक्नेछन् । हरेक शनिवार बिहान ८ बजे हेटौंडाबाट मकवानपुरगढीसम्म बसमा पुगेर पदयात्राको सुरुवात गरिने र सोही दिन अपरान्ह ४ बजे हेटौंडा फर्किने ब्यवस्था मिलाइएको छ । सहभागीलाई भ्रमणका क्रममा खाजा र खानाको व्यवस्था समितिद्वारा मिलाइने बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*