ग्रामीण बहुउद्देशीयमा अधिकारी
हेटौंडा-ग्रामीण बहुउद्देश्यीय सहकारी संस्था लि. को २४ औं वार्षिक साधारणसभा एवम् ८ औं अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ । राजु अधिकारीको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन गरिएको हो । सहकारीको उपाध्यक्षमा बालकृष्ण न्यौपाने, सचिवमा रविन ढकाल, कोषाध्यक्षमा राजेन्द्रप्रसाद पुडासैनी, सहसचिवमा शंकरबहादुर रोक्का चयन भएका छन् । सहकारीको सदस्यहरुमा गोविन्द सापकोटा, जयराम अर्याल, प्रदीप अधिकारी, कृष्णप्रसाद घिमिरे, सदस्य, गीता कोईराला, प्रभाकर पुडासैनी चयन भएका छन् । त्यस्तै लेखासमिति संयोजक पूर्णप्रसाद पुडासैनी र सदस्यहरुमा धर्मराज ढकाल, कुबेर पोखरेल चयन भएका छन् ।







