गणपति बाबाको साधरण सभा, अध्यक्षमा मैनाली

साझाकुरा
२०८० पुष ८, आईतवार १२:१७

हेटौंडा-हेटौंडा–२ मानसचोकमा रहेको गणपतिबाबा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औ बार्षिक साधरणसभा शनिबार हेटौंडा–६ बारुतेमा स्वास्थ्य शिबिर सहित सम्पन्न भएको छ ।हेटौंडा उपमहानगरपालिका मेयर मीनाकुमारी लामाको प्रमुख आतिथ्यतामा सम्पन्न साधरणसभामा मेयर लामाले सहकारीमार्फत् धेरैले आयआर्जनमा सफलता हासिल गरेको बताइन् । पछिल्लो समय सहकारीमा देखापरेको समस्यालाई उपमहानगरपालिकाले अबलोकन तथा अनुगमन गर्दै समस्या समाधानसँगै सहकारीलाई सबल बनाउन लागिपरेको बताइन् ।

साधरणसभाले कोषाध्यक्ष भीमप्रसाद तिमल्सिनाले प्रस्तुत गरेको आव २०७९÷८० को र प्रस्तावित आर्थिक प्रतिबेदन–२०८० सर्बसम्मत रुपमा पारीत गरेको छ । यस्तै साधरण सभाले सचिव झलकप्रसाद गौतम, लेखा समिति संयोजक संन्तोषपराजुलीले पेश गरेको प्रतिबेदन, कार्यबहाक अध्यक्ष कमलराज मैनालीद्वारा प्रस्तु अध्यक्षको प्रतिबेदन पास गरेको छ ।

संस्थाका अध्यक्ष बिष्णुप्रसाद घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष घिमिरेले संस्था स्थापनादेखि हालसम्म भएका गतिबिधि प्रस्तुत गर्दै सहकारीले हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्रका ९ वटा वडामा कारोबार गरिरहेको र आगामी दिनमा सबै वडामा कारोबार गर्ने लक्ष्य लिएको बताए । आफ्नो ब्यक्तिगत ब्यस्तताका कारण संस्थामा समय दिन नसकेको भन्दै उनले अध्यक्ष पदबाट राजिनामा दिएका छन् ।

साधारणसभाका अवसरमा सहकारीको बोर्ड सदस्य शम्भु पुडासैनी, जिल्ला बचत संघकी कोषाध्यक्ष बिष्णुकुमारी लामा, नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्वअध्यक्ष भानुभक्त आचार्य, सहरकारीका निर्वाचन कमिटी सदस्य बालकृष्ण अधिकारी, हेटौंडा–६ का पूर्ववडाअध्यक्ष अर्जुन चौलागाईलगायतले शुभकामना ब्यक्त गरेका थिए । संस्थामा महिला पुरुष गरी २ हजार २ सय १४ जना सेयर सदस्य रहेका छन् ।

कार्यक्रम्मा हेटौंडा–६ का वडाअध्यक्ष बिष्णुबहादुर दाहाल, हेटौंडा–१४ का वडाअध्यक्ष लदीपक खड्का, उपमहानगरको सहकारी बिभागका हिमप्रसाद पौडेल, जनप्रतिनिधिहरु लगायतको सहभागिता थियो । साधरणसभाले संस्थाका अध्यक्ष घिमिरेले ब्यक्तिगत समस्या देखाएर दिएको राजीनामा स्वीकृत गर्दै उपाध्यक्ष कमलराज मैनालीलाई अध्यक्षमा सर्बसम्मत चयन गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*