न्युरेनी चिसापानी वनको साधारणसभा
हेटौंडा-न्युरेनी चिसापानी सामुदायिक वन उपभोक्ता समूहको ३३ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । समूहका अध्यक्ष ज्ञानबहादुर क्षेत्रीको अध्यक्षतमा भएको कार्यक्रममा हेटौंडा–७ का वडाअध्यक्ष दामोदर गौतमको प्रमुख आतिथ्यता रहेको थियो ।कार्यक्रममा अध्यक्ष क्षेत्रीले समूहको प्रगति प्रतिवेदन, सचिव शान्ति तिमल्सिनाले कार्यप्रगतिको प्रतिवेदन र कोषाध्यक्ष तेजप्रसाद मैनालीले आय÷व्यय सहितको १४ लाख ६६ हजार ७ सय २१ रुपैयाँको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
समूहले वन संरक्षणको लागि सञ्चारमाध्यमबाट सहयोग पु¥याएकोमा पत्रकारपुष्पराज अधिकारीलाई नगदसहित दोसल्ला, सम्मानपत्रबाट सम्मान गरेको छ । यस्तै सव–डिभिजन वन रातोमाटेका फरेस्टर यदुप्रसाद घिमिरे, जेष्ठनागरिक तर्फ उपभोक्ता रेमलाल गौतम र डेवकुमारी पोखरेल, कृषि तथा पशुपालनतर्फ सुमित्रा उपाध्यायलाई सम्मान
गरिएको छ ।
कार्यक्रममा वडाअध्यक्ष गौतमले समूहले वन संरक्षण र उपभोक्ताको आयआर्जनमा टेवा पु¥याउने कार्यमा उल्लेखनीय कार्य गरेको भन्दै समूहलाई आवश्यक भौतिक तथा आर्थिक सहायता वडा कार्यालयले गर्ने प्रतिवद्धता व्यक्तगरे । कार्यक्रममा डिभिजन वन कार्यालय हेटौंडाका अधिकृत वसन्तराज गौतमले वन संरक्षण र विद्यमान नीति नियमको बारेमाप्रष्ट पारे ।
कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष साधुराम चौलागाईंले समूहको सीमानामा अग्निरेखा निर्माणका लागि आर्थिक सहयोग गर्ने प्रतिवद्दता व्यक्त गरे । अस्मिता नेपालकी अध्यक्ष आरती पाठकले अस्मिताले समूहका उपभोक्तालाई दुना,टपरी बनाउने तालिम प्रदान गरी समूहलाई मेसिन उपलब्ध गराएको भन्दै आगामी वर्ष समूहलेमेसिन संचालनमा ल्याउदै उपभोक्तालाई उद्यमी बनाउनेतर्फ लाग्न आग्रह गरिन् ।
कार्यक्रममा पशुपति मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कृष्ण घिमिरे, जनकल्याण सहकारीका सचिव रोमबहादुर न्यौपाने, रानी सामुदायिक वनका अध्यक्ष विष्णुप्रसाद न्यौपानेलगायतले मन्तव्य व्यक्तगरेका थिए । समूहले विपन्न वर्ग उत्थान कार्यक्रमको लागि २ लाखको घुम्ती कोष बनाई हरेक वर्ष विपन्न उपभोक्तालाई २० हजारको आर्थिक सहायता गरी उपभोक्ताको आयआर्जनमा टेवा पु¥याउदै आएको छ ।
वन संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै समूहले ४ पटक जिल्लास्तरीय वन संरक्षण पुरस्कार र सर्वमान्य गणेशमान सिंह वन संरक्षण पुरस्कार २०७३ तृतीयबाट समेत सम्मानित भएको थियो । २ सय ८७ घरधुरी र ७१.१२ हेक्टर क्षेत्रफल रहेको वनको पूर्वमा हेटौंडा–६ को रानीवन र पश्चिममा हेटौंडा–५ को पिप्लेपोखरा सामुदायिक वन उपभोक्ता समूहरहेको छ । यसैगरी समूहको अधिवेशनले प्रकाश कार्कीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।







