हेटौंडास्थित मानवसेवा आश्रममा दुईजनाको मृत्यु
हेटौंडा- मानवसेवा आश्रममा दुईदिनको अन्तरालमा दुईजनाको मृत्यु भएको छ । मकवानपुर हेटौंडा–९ लामसुरेधाप स्थित मानवसेवा आश्रममा बस्दै आएका दुईजनाको मृत्यु भएको हो ।आश्रममा बस्दै आएका २५ वर्षीय अमित विश्वकर्माको बिहीवार बिहान मृत्यु भएको हो । सोही आश्रममा बस्दै आएकी १९ वर्षीया पूजा मानवको मंगलबार (१० गते) मृत्यु भएको थियो । अमितलाई असार २७ गते मकवानपुर बकैया गाउँपालिका–३ हात्तिसुँडेबाट उद्दार गरेर ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी
उपरीक्षक (एसपी) सीताराम रिजालले जानकारी दिए ।
‘कालगतिले मृत्यु भएको भन्ने खबर प्राप्त भएको छ, हामी बुझ्दैछौं’ एसपी रिजालले भने । उनका अनुसार दुई दिनअघि मृत्यु भएको पूजालाई २०७६ मंसिर १ गते बाग्लुङबाट उद्दार गरेर ल्याइएको थियो । उनको पनि कालगतिले मृत्यु भएको भन्ने खबर प्रहरीलाई प्राप्त भएको एसपी रिजालले जानकारी दिए ।







