बकैयाका विद्यार्थीलाई न्यानो कपडा वितरण
हेटौंडा- मकवानपुरमा निजामति कर्मचारी श्रीमती संघले आफ्नो १५ औं स्थापना दिवसको अवसरमा विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । मकवानपुरको बकैया गाउँपालिका–१२ को सेतीदेवी आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा विरतण गरिएको हो ।प्रधानाध्यापक गोमा श्रेष्ठ रानाभाट एवम् विद्यालय ब्यवस्थ्यापन समिति अध्यक्ष यमरत्न भुलुनमार्फत् सुइटर र टोपी वितरण गरिएको हो । विद्यालयमा पढ्ने १५७ जना विद्यार्थीलाई न्यानो कपडा विरतण गरिएको निजामति कर्मचारी श्रीमती संघकी अध्यक्ष अन्जना अर्यालले जानकारी दिइन् । कार्यक्रम संयोजन हेटौंडा उपमहानगरपालिका वडा नं.५ पिप्लेमा रहेको ज्ञानोदय बालबाटिका आवासीय माविले गरेको थियो ।
कपडा वितरणपछि अध्यक्ष भुलुनले स–साना विद्यार्थीको लागि चिसो बढीरहेको बेला यसरी सहयोग गरेकोमा धन्यवाद समेत दिए । त्यस्तै सोही कार्यक्रममा ज्ञानोदय बालबाटिकाले बकैया गाउँपालिका वडा नं. ११ मा रहेको बुद्ध प्राथमिक विद्यालका विद्यार्थीलाई पनि न्यानो कपडा वितरण गरेको छ । आफ्नो विद्यालयको स्थापना दिवसको
अवसरमा ज्ञानोदय बालबाटिकाले सुइटर र टोपी वितरण गरेको हो ।बालबाटिकाका प्रधानाध्यापक श्यामकुमार बानियाँले कार्यक्रममा विद्यालका प्राध्यापक लक्ष्मी दाहाललाई न्यानो कपडा हस्तान्तरण गरेका हुन् । वितरण कार्यक्रममा संघकी महासचिव रेखा नेपाल, संघकी कोषाध्यक्ष भूमिका सुवेदी लगायतले मन्तब्य राखेका थिए ।







