रिपोटर्स क्लब मकवानपुरको अध्यक्षमा पुडासैनी

साझाकुरा
२०८० पुष १४, शनिबार १२:००

हेटौंडा-रिपोटर्स क्लब नेपाल मकवानपुर शाखाको अध्यक्षमा क्रियाशील पत्रकार बलराम पुडासैनी सर्वसम्मत चयन भएका छन् । क्लबका केन्द्रीय अध्यक्ष ऋषि धमलाको उपस्थितिमा शुक्रबार हेटौंडामा भएको सर्वपक्षीय भेलाले पुडासैनीको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।क्लबको उपाध्यक्षमा प्रतिक्षा न्यौपाने, सचिवमा भावना रिजाल, कोषाध्यक्षमा सरोज पौडेल र सहसचिवमा मनिल महतो चुनिएका छन् । त्यस्तै सदस्यहरुमा मन्जु मैनाली, स्मिता अर्याल, अशोक बजगाईँ र बाशुदेव विष्ट चुनिएका छन् । केन्द्रीय अध्यक्ष धमलाले क्लबका अध्यक्ष पुडासैनीसहित सिंगो कार्यसमितिलाई बधाई दिँदै निश्पक्ष पत्रकारितामार्फत् समाज रुपान्तरणका लागि अहोरात्र लागिपर्न आग्रह गरे ।

अध्यक्ष पुडासैनीले संस्थागत गरिमालाई अझै उचाइमा पु¥याउँदै सत्यतथ्य एवम् निश्पक्ष पत्रकारिताका लागि क्लबको भूमिका अझै प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरे । उनले सबैसँग सहयोग समन्वय गर्दै अघि बढ्ने बताए । भेलाले क्लब मकवानपुरका पूर्वअध्यक्ष सविन न्यौपाने हेटौंडा उपमहानगरपालिका वडा नम्वर–१ को वडाध्यक्ष निर्वाचित भई हाल उपमहानगरपालिकाको प्रवक्ताको जिम्मेवारीमा रहेकोले उनलाई धन्यबाद ज्ञापन गर्दै संस्थालाई यहाँसम्म ल्याउन पु¥याएको योगदानको उच्च सम्मानसहित धन्यवाद प्रस्ताव समेत पारित गरेको छ ।

क्लबले प्रदान गर्दै आएको पुरस्कारलाई समेत निरन्तरता दिइने सर्वसम्मत निर्णय भएको छ । भेलामा प्रेस चौतारी नेपाल मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, प्रेस सेन्टर मकवानपुरकी अध्यक्ष अञ्जली थापा, प्रेस युनियन मकवानपुरका अध्यक्ष सुवास विडारी, सञ्चारिका समूह बागमती प्रदेश अध्यक्ष सरिता दाहाल, नेपाल पत्रकार महासंघमकवानपुरका पूर्वअध्यक्ष हरि हुमागाईँलगायत मकवानपुरका क्रियाशील सञ्चारकर्मीको उपस्थिति थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*