तीन दिने आत्मरक्षा प्रशिक्षक पुनर्ताजगी तालिम

साझाकुरा
२०८० पुष १४, शनिबार १२:१३

हेटौंडा-बागमती प्रदेश युवा परिषद्को आयोजनामा तीन दिने आवासीय महिला आत्मरक्षा प्रशिक्षक प्रशिक्षण पुनर्ताजगी तालिम हेटौंडामा सुरु भएको छ । तालिममा हिंसाका प्रकार, आत्मरक्षाको महत्व, आत्मजागरण र हिंसा न्यूनीकरण गर्न कानुनी प्रावधान लगायतका विषयमा सैद्दान्तिक र प्रयोगात्मक ज्ञान दिईनेछ । प्रदेश भित्रका २६ बिद्यालयका २६ जना शिक्षक सहभागी यस कार्यक्रममा किशोरी, बालिका र महिला घरपरिवार, विद्यालय र कार्यक्षेत्रमा असुरक्षित भएको रिर्पोटको आधारमा सुरक्षित बनाउनका लागि आत्मरक्षा विषयक तालिम संचालन गरिदै आएको छ ।

पुस १३ देखि १५ गतेसम्म हुने तालिमको उदघाट्न गर्दै प्रमुख अतिथि प्रदेशसभा सदस्य एवम् पूर्वश्रम, यातायात तथा रोजगार मन्त्री एकलाल श्रेष्ठले हरेक क्षेत्रमा हुने सबैखाले हिंसाको प्रतिकार प्रतिरक्षाको लागि मानशिक एवम् शारीरिक हिसाबले तयार रहनका लागि तालिम महत्वपूर्ण हुने र विद्यालयको कोर्सको रुपमा विकास गर्न आवश्यक पहल गर्ने बताए । बागमती प्रदेश युवा परिषद् उपाध्यक्ष सन्तोष चौलागाईंले अघिल्लो वर्ष प्रदेशभित्रका १३ जिल्लामा सञ्चालित यस कार्यक्रम महत्वपूर्ण र प्रभावकारी परिणाम प्राप्त हुदा आत्मरक्षा तालिमलाई निरन्तरता दिदै आएको र तालिमपछि कम्तिमा विद्यालय र स्थानीय तहमा २० हजार बढीलाई तालिम दिन सक्षम प्रशिक्षक तयार हुने बताए ।

सामाजिक विकास मन्त्रालयका महासाखाप्रमुख खुबीराम अधिकारीले मन्त्रालयले तालिमको उपलब्धी राम्रो भएकोले कार्यक्रमलाई निरन्तरता दिदै आएको र थप कार्यक्रमको लागि आवश्यक बजेट बिनियोजन गर्ने बताए । तालिमका प्रशिक्षक दीपेन्द्र रोक्काले सबै उमेर समूहका सबैलाई तालिम आवश्यक रहेको र सिक्ने र सिकाउने प्रक्रिया निरन्तर चल्ने भएकाले सिक्ने र सिकाउने कलाको विकास गर्न जरुरी रहेको बताए ।

गैरसरकारी सस्था महासंघ जिल्ला अध्यक्ष रमिला सापकोटाले महिलाहिंसाविरुद्ध महिलालाई तालिम दिई कार्य क्षेत्रमा पठाउँदा थप प्रभावकारी हुने भएकाले प्रदेश युवा परिषद्लाई धन्यवाद व्यक्त गरिन् । प्रदेश युवा परिषद्का कार्यालय प्रमुख शारदा मैनालीले ससहजीकरण गरेको कार्यक्रम बागमती प्रदेश युवा परिषद उपाध्यक्ष सन्तोष चौलागाईंको सभाध्यक्षतामा भएको थियो । नेपाल सेल्फडिफेन्स एसोसिएसनका वरिष्ठ प्रशिक्षक सन्जु महर्जन र प्रशिक्षक बिनिता गुरुङ, मेनका श्रेष्ठको सहभागिता रहेको थियोे ।

यसमा तपाइको मत

Your email address will not be published.


*