पालुङ बहुउद्देश्यीयको अध्यक्षमा चार जनाको उम्मेदवारी

साझाकुरा
२०८० पुष १४, शनिबार १२:१७

हेटौंडा-थाहा नगरपालिका–४, स्थित पालुङ बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्ष पदमा ४ जनाले उम्मेदवारी दिएका छन् । अध्यक्ष पदको लागि ४ जनाले उम्मेदवारी दर्ता गरेको निर्वाचन अधिकृत सानोभाइ कार्कीले जानकारी दिए ।पालुङ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष उमेशप्रसाद ढकाल राजश्व चुहावट गरी भ्रष्टचारको अभियोग लागेपछि पदबाट राजीनामा दिएका थिए । ढकालले राजीनामा दिएपछि रिक्त अध्यक्ष पदको लागि सहकारीको २४ औँ वार्षिक साधारणसभाबाट पुस १५ गते निर्वाचनको मिति तय गरेको थियो ।

निर्वाचन कार्यालयले शुक्रबार गरेको सार्वजनिक अनुसार अध्यक्ष पदमा थाहा नगरपालिका वडा नम्वर ३ का कृष्णबहादुर विष्ट, पुरुषोत्तम कार्की, थाहा नगरपालिका वडा नम्वर २ का विमलकुमार ढकाल र विष्णुहरि ढकालले उम्मेदवारी दिएका छन् ।उम्मेदवारी दिएका कृष्णबहादुर पूर्वउपाध्यक्ष, पुरुषोत्तम र विमलकुमार पूर्वअध्यक्ष हुन् भने विष्णुहरि संस्थापक अध्यक्ष हुन् । सहकारीमा ६ हजार ३ सय ८८ जना शेयर सदस्य आबद्ध रहेका छन् । पालुङ बहुउद्देश्यीय सहकारी संस्थाको बज्रवाराही र हेटौंडामा सेवाकेन्द्र
रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*