हेटौंडा जेसीजमा श्रेष्ठ निर्वाचित

साझाकुरा
२०८० पुष १५, आईतवार १३:५४

हेटौंडा-हेटौंडा जेसीज वर्ष २०२४ को लागि नयाँ कार्यसमिति चयन गर्न शनिबार भएको निर्वाचनमा बिकेशलाल श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठले ८६ मत प्राप्त गरी बिजेता बन्दा निकटतम प्रतिद्वन्द्वी अमृत बर्तौलाले ८१ मत प्राप्त गरेका छन् ।कूल १७६ जना मतदातामध्ये १६७ जना मतदान प्रक्रियामा सहभागी भएका थिए । वर्ष २०२३ काकार्यकारिणी उपाध्यक्षद्वय श्रेष्ठ र बर्तौलाले वर्ष २०२४ को अध्यक्ष पदका लागि प्रतिस्पर्धामा उत्रिएका थिए ।

२०२४ का लागि कार्यकारिणी उपाध्यक्ष पदमा विवेकानन्द न्यौपाने (१०३ मत), जीवन ढकाल (८६ मत) सहित बिजयी भएका छन् । त्यस्तै उपाध्यक्ष पदमा आतिष दाहाल
(१५३ मत), रमेश काफ्ले (१४८ मत) रमेश पराजुली (१०२ मत), विश्वास पराजुली (९७ मत) बिजयी भएका छन् ।निर्वाचनबाट अध्यक्ष, कार्यकारिणी उपाध्यक्ष २ जना
र उपाध्यक्ष ४ जना गरी जम्मा ७ जना निर्वाचित भएको निर्वाचन अधिकृत पवन कंशाकारले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*