अनेरास्ववियु क्रान्तिकारी नगर अध्यक्षमा लटौला

साझाकुरा
२०८० पुष १९, बिहीबार १०:१७

हेटौंडा-अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) हेटौंडा उपमहानगर कमिटीको अध्यक्षमा विजन लटौला चयन भएका छन् ।नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) हेटौंडा उपमहानगर कमिटीको बुधबार भएको दोश्रो नगरसम्मेलनबाट लटौलाको अध्यक्षतामा ३३ सदस्यीय नगरकमिटी चयन
भएको हो ।कमिटी उपाध्यक्षमा शान्ति थिङ र प्रचण्ड वैजु, सचिवमा नवीन श्रेष्ठ, सहसचिवमा अरुण बिष्ट, सुनिल उप्रेती, आयुशा बुढाथोकी, कोषाध्यक्षमा मिनेष पुडासैनी चयन भएका छन् । यसैगरी सदस्यहरुमा अमित सुनार, आयुष ठकुरी, रन्जिता मिजार, युवराज घलान, आँचल गुप्ता, प्रशान्त तामाङ, विकास बोम्जन, आरती सुनार, सुशील घिमिरेलगायत छन् ।

कार्यक्रममा बागमती प्रदेश समाजिक विकास मन्त्री कुमारी मोक्तानले नगर सम्मेलनलाई सम्बोधन गर्दै हामीले निर्माण गर्दै गरेको नयाँ कमिटीले देशमा संघीय लोकतन्त्रविरुद्ध अफवाह फैलाउने तत्वहरु सक्रिय रहेको बेला त्यस्ता अफवाहलाई चिर्न विद्यार्थी नेताहरु सफल हुनपर्ने बताइन् । अहिले सरकारले गरेको सकारात्मक कामलाई जनतासम्म पु¥याउने काम विद्यार्थी संगठनले गर्नुपर्ने उनले बताइन् । ‘अखिल क्रान्तिकारी संगठनको सदस्य हुँ भन्दा पनि अनेक व्यवधान थिए । अप्ठ्यारो परिस्थितिकाबीच उठेर आएको संगठन हो अनेरास्ववियु क्रान्तिकारी ।’, मोक्तानले भनिन् ।

विद्यार्थी नेताहरु देशमा रहेको शिक्षा, स्वास्थ तथा समाजमा रहेको विभेदलाइ हटाउन लागि पर्नुपर्नेमा मन्त्री मोक्तानको जोड छ । ‘अहिले हाम्रो पार्टी सरकार नेतृत्वमा छ । हामीले दुःख गरेर ल्याएको संविधानको कार्यान्वयन गर्ने समय हो । हाम्रो नेतृत्वले दुःख गरेर ल्याएको परिवर्तनलाई कार्यान्वयन गर्न र जोगाउन तपाई हामी लागिरहनु पर्छ ।’, उनले भनिन्, ‘तपाईहरुले भोलिका दिन समाज तथा मुलुकको सुशासनको नेतृत्वदायी भूमिका निर्वाह गर्नपर्ने हुन्छ तसर्थ आज एक क्षमतावन कमिटी बनोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।’,

अनेरास्ववियु (क्रान्तिकारी) हेटौंडा उपमहानगरपालिका कमिटी अध्यक्ष झलक छत्कुलीको अध्यक्षता तथा समाजिक विकास मन्त्री मोक्तानको प्रमुख आतिथ्यतामा भएको नगर सम्मेलनमा नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटी उपाध्यक्ष तथा प्रदेश सांसद प्रेमबहादुर पुलामी, नेकपा माओवादी केन्द्र मकवानपुर संयोजक सर्केश घलान, अनेरास्ववियु क्रान्तिकारी केन्द्रीय उपमहासचिव प्रदिप अर्याल, अनेरास्ववियु (क्रान्तिकारी) बागमती प्रदेश कमिटी सचिव रामकृष्ण शिवाकोटी, अनेरास्ववियु (क्रान्तिकारी) मकवानपुर जिल्ला अध्यक्ष श्रवणकुमार वर्तौला, वाइसीएल नेपाल मकवानपुर संयोजक लवराज ठकुरीलगातयको आतिथ्यता थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*