एमाले मनहरीको तीन महिने कार्ययोजना

साझाकुरा
२०८० पुष २८, शनिबार ११:५९

हेटौंडा-नेकपा (एमाले) मनहरी गाउँपालिका कमिटीले ३ महिने कार्ययोजना बनाएको छ । मनहरी गाउँपालिका–२, भुन्द्रुङटाँडीमा भएको पूर्णबैठकले नेता तथा कार्यकर्तालाई पार्टी उपमहासचिव प्रदीप ज्ञवालीद्वारा प्रशिक्षण गर्ने निर्णय गरेको छ ।मातहतको वडा कमिटी एवम् जनसंगठनको बैठक नियमित गर्ने पनि निर्णय गरेको छ । यसैगरी जनसरोकारका बिषयमा दरिलो ढंगले उपस्थिति जनाउने लगायतका निर्णय बैठकले गरेको छ ।

मनहरी कमिटीको प्रशिक्षण माघ १३ गते मनहरी ३ भुन्द्रुङमा आयोजना गर्ने एमाले मनहरी अध्यक्ष नवीन सुवेदीले बताए । बैठकमा प्रमुख अतिथि रहेका पार्टी पोलिटब्युरो सदस्य एवम् मकवानपुर इन्चार्ज देवीप्रसाद ज्ञवालीले एमाले पार्टीले बनाएको कार्ययोजनामा रहेर पार्टी निर्माणमा लाग्न एमाले मनहरीका नेता÷ कार्यकर्तालाई निर्देशन दिए ।यसैगरी, नेकपा (एमाले) संसदीय दलका सचेतक महेश वर्तौलाले आफू संसदमा मध्यवर्ती क्षेत्रका समस्या समाधानका लागि निकुञ्ज ऐनमा बसेर काम गरिरहेको बताए । बैठकमा एमाले प्रदेश कमिटी सदस्य एवम् मनहरी गाउँपालिकाका पूर्वअध्यक्ष एकाराज उप्रेती, पार्टी मकवानपुर जिल्ला कमिटी सदस्यहरु हेमलाल उप्रेतीलगायतका नेताको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*