आज राष्ट्रियसभाको निर्वाचन भुटनदेवी माविमा मतदान, आजै मतपरिणाम

हेटौंडा-राष्ट्रिय सभाको निर्वाचन आज हुँदैछ । हेटौंडा–४, स्थित भुटनदेवी माविको प्राविधिक भवनबाट निर्वाचन प्रक्रिया सञ्चालन गरिने छ ।निर्वाचनमा बागमतीको रिक्त चार सिटका १५ जना उम्मेद्वारले मनोनयन दर्ता गराएका छन् । सत्ता गठबन्धन दलका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबातर्फबाट चार, नेकपा एमाले तर्फबाट चार, राप्रपा तर्फबाट तीन र नेपाल मजुदर किसान पार्टीका तर्फबाट ४ गरी १५ जनाले २३ पुसमा मनोनयन दर्ता गरेका हुन् । यस प्रदेशबाट एमालेबाट दिलकुमारी रावल र रामचन्द्र राई, एकीकृत समाजवादीका सिंहबहादुर विश्वकर्मा र स्वतन्त्र सांसद खिमलाल देवकोटाको पद रिक्त हुन लागेको हो ।
रावल महिला, राई अपांगता÷अल्पसंख्यक, विश्कर्मा दलित र देवकोटा अन्य समूहबाट निर्वाचित भएका थिए । अब ती चारवटै समूहमा आज छुट्टाछुट्टै प्रतिस्पर्धा हुने भएको छ । सत्तारुढ गठबन्धन कांग्रेसबाट महिला क्लस्टरमा काठमाडौंकी विष्णुदेवी पुडासैनी कांग्रेसबाटै अन्य क्लस्टरबाट ललितपुरका जीतज· बस्नेतले मनोनयन दर्ता गरेका छन् । त्यसैगरी गठबन्धनकै माओवादी केन्द्रबाट अपा· क्लस्टरका श्रीकृष्ण अधिकारी र एकीकृत समाजवादीबाट दलित क्लस्टरका घनश्याम रिजाल विश्वकर्माले मनोनयन दर्ता गरेका छन् ।
यसैगरी राष्ट्रियसभा सदस्य निर्वाचनका लागि नेकपा एमाले महिला क्लस्टरमा दोलखाकी रोजकुमारी चौलागाई , अन्यमा काठमाडौंका विवेक देवकोटा, दलित क्लस्टरमा धादिङका ध्रुव विश्कर्मा र अपा·ता क्लस्टरमा चितवनका त्रिलोचन निर्मल पौडेलले मनोनयन दर्ता गरेका छन् । राप्रपाको अन्य क्लस्टरमा काठमाडौंका हेमज· गुरुङ, महिला क्लस्टरमा मकवानपुरकी बालकुमारी डल्लाकोटी र अपा· क्लस्टरमा चितवनका भरतमणि भट्टले मनोनय दर्ता गरेका छन् भने नेपाल मजुदर किसान पार्टी (नेमकिपा) बाट अन्य क्लस्टरमा काठमाडौंका श्रीकृष्ण महर्जन, महिला क्लस्टरमा भक्तपुरकी कृष्णलक्ष्मी दुवाल र दलित क्लस्टरमा भक्तपुरकी संगीता नेपालीले मनोनयन दर्ता गरेका छन् ।
निर्वाचनमा मतदाता रहेका बागमती प्रदेशसभा सदस्य र प्रदेशभित्रका स्थानीय तहका नगरप्रमुख÷उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष÷उपाध्यक्षका लागि छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको छ । मतदान केन्द्रअनुसार मतपत्रको रङ पनि फरक÷फरक रहनेछ । प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईले मतदाताको सुरक्षा, सहजआवागमनको व्यवस्थापन गरिएको बताए । उनले नेपाली सेना भित्र घेरामा, नेपाल प्रहरीले सम्पूर्ण सुरक्षाको जिम्मा लिने, बाहिरी घेरामा शसस्त्र प्रहरी बसेर काम गर्ने तयारी भएको बताए ।
निर्वाचनको आवश्यक तयारी पूरा भएको निर्वाचन अधिकृत श्रीप्रसाद सञ्जेलले जानकारी दिए । मतदान समापन पश्चात् आजै मतगणना र मतपरिणाम सार्वजनिक हुने निर्वाचन अधिकृत सञ्जेलले बताए । निर्वाचन कार्यालय बागमती प्रदेश, हेटौंडाका निमित्त प्रमुख ताराप्रसाद आचार्यका अनुसार मतदान केन्द्रमा अधिकृतसहित १०÷१० जना गरी २० जना कर्मचारी खटाइएको छ ।
गठबन्धनका उम्मेदवार
जित नजिक
स्थानीय तह प्रमुख उपप्रमुख र प्रदेशसभा सदस्यहरु मतदाता हुने यो मतदानको नजिता मतभारका आधारमा हुन्छ । जसअनुसार प्रदेशसभा सदस्यको ५३ र स्थानीय तह प्रमुख÷उपप्रमुखको १९ मतभार तोकिएको छ । १ सय १९ स्थानीय तह रहेको बागमतीमा स्थानीयतर्फ ३ वटा महानगरपालिका, १ वटा उपमहानगरपालिका, ४१ वटा नगरपालिका तथा ७४ वटा गाउँपालिका छन् । जसमध्ये दोलखाको १ पद रिक्त भएपछि २३७ जनाले मतदान गर्नेछन् । जसको मतभार ४ हजार ५०३ हुन आउँछ ।
प्रदेशसभातर्फ ११० जना सदस्य छन् । जसको मतभार ५ हजार ८ सय ३० हुन आउँछ । स्थानीय तह र प्रदेशसभा सदस्य गरी बागमतीमा १० हजार ३ सय ३३ मतभार हुन आउँछ । बागमतीमा प्रदेशसभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका ३७ जना सदस्य छन् । स्थानीय तहतर्फ कांग्रेसका १०७ जनप्रतिनिधि मतदाता छन् । बागमतीमा कांग्रेस एक्लैको ३ हजार ९ सय ९४ मतभार छ । माओवादी केन्द्रबाट बागमती प्रदेशसभामा २१ जना सदस्य छन् । स्थानीय तहतर्फत ५७ रहेको छ । माओवादीको प्रदेशसभा सदस्य र स्थानीय तहको कुल मतभार २ हजार १ सय ९६ छ ।
सत्तारुढ दलकै एकीकृत समाजवादीबाट बागमती प्रदेशसभामा ७ जनाको उपस्थिति छ । स्थानीय तहतर्फ ९ जना छन् । एकीकृत समाजवादीको प्रदेशमा कुल मतभार ५ सय ४२ छ । एमालेको प्रदेशसभामा २७ मत छ । स्थानीय तहतर्फ ६० जना निर्वाचित छन् । एमालेसँग कुल २ हजार ५ सय ७१ मतभार छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट बागमती प्रदेशसभामा १३ जनाको प्रतिनिधित्व छ । स्थानीय तहतर्फ १ जना छन् ।
राप्रपाको कुल ७ सय ८ मतभार छ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को प्रदेशसभामा ३, स्थानीय तहतर्फ २ जना निर्वाचित भएका छन् । नेमकिपाको कुल १ सय ९७ मतभार छ ।कांग्रेस, माओवादी र एकीकृत समाजवादीको कुल मतभार ६ हजार ७ सय ३२ छ । जुन निर्वाचनमा जितका लागि पर्याप्त छ । बागमतीमा एमाले, राप्रपा र नेमकिपा छुट्टाछुट्टै चुनावी प्रतिस्पर्धामा छन् । तर, एमाले, राप्रपा र नेमकिपाको मतभार जोड्दा मात्रै पनि गठबन्धनको भतभार करिब दोब्बर हुन्छ । गठबन्धनको कुल मतभारमा एमाले, राप्रपा र नेमकिपाको जोडिएको कुल मतभार घटाउँदा ३ हजार २ सय ५७ मतभार फरक आउँछ । अंक गणितलाई आधार मान्दा गठबन्धनका उम्मेदवार जित नजिक छन् ।