मकवानपुरका दुईजना बाराबाट पक्राउ

साझाकुरा
२०८१ बैशाख २१, शुक्रबार ०९:४३

हेटौंडा- प्रहरीले लागूऔषध ओसारपसारको आरोपमा मकवानपुरका दुई जना युवा पक्राउ परेका छन् ।लागुऔषध गाँजा सहित बाराबाट पक्राउ पर्नेमा ट्रक चालकमकवानपुरको मनहरी गाउँपालिका–२ स्थायी घर भएका ३२ वर्षीय आकाश भन्ने दीपक कोइराला र ट्रकमा सवार हेटौंडा–१३ पदमपोखरीका ३० वर्षीय जीवन घलान छन् । उनीहरुलाई बारा प्रहरीले पक्राउ गरेको हो ।

बाराको रतनपुरबाट निजगढतर्फ जाँदै गरेको ना ५ ख ७५५२ नम्बरको ट्रकलाई निजगढ नगरपालिका–१० लालपार्कस्थित सडकमा प्रहरीले रोकेर चेकजाँच गर्दा दुई क्वीन्टल १६ केजी गाँजा भेटिएपछि ट्रक चालक कोइराला र घलानलाई नियन्त्रणमा लिएको बाराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए । दुवै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कैलाशका मुक्तान पनि पक्राउहेटौंडा उपमहानगरपालिका–१५ बाट लागुऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलाश गाउँपालिका–१० बस्ने बर्ष ४० को पाल्साङ मुक्तान छन् ।पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुधबार हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको ना ५ ख ५२६७ नम्बरको यात्रुबाहक बसमा सवार यात्रु मुक्तानलाई शंका लागेर चेकजाच गर्दा ५ किलो १०० ग्राम लागुऔषध गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवापनुरले जनाएको छ । उक्त गाँजासहित मुक्तानलाई नियन्त्रणमा लिएर मकवानपुर जिल्ला अदालतबाट १० दिनको म्याद अनुमति लिए थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*