घरमै सेवा पु¥याउन स्वंयमसेविकालाई साइकल
हेटौंडा-हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ चौघडामा रहेको हेटौंडा स्वास्थ्य चौकीले घरमै पुगेर सेवा दिने योजना बनाएको छ ।बिहीबारदेखि जनता स्वास्थ्य घरदैलो अभियान सुरुगरिएको स्वास्थ्य चौकीले जनाएको छ । स्वास्थ्य स्वंयमसेविकालाई साइकल प्रदान गर्दै घरघरमा स्वास्थ्य सेवा प्रदान गर्ने योजना प्रस्तुत गरिएको हो । अभियानको हेटौंडा उपमहानगरपालिका उपप्रमुख राजेश बानियाँले उद्घाटन गरेका छन् । नगरबासीको स्वास्थ्यमा नगरपालिका सदैव सचेत रहेको र स्वास्थ्य बीमा कार्यक्रमलाई लक्षित वर्गको लागि उपयोग गर्ने उनको भनाई छ ।
हेटौंडा–६ का वडा अध्यक्ष विष्णुबहादुर दाहालको अध्यक्षतमा भएको कार्यक्रममा हेटौडां उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख सूर्यप्रसाद तिवारी, हेटौंडा–६ का वडा सदस्य विजय पौडेल, लेखराज ढकाल, वडा सचिव आमोदप्रसाद मैनाली, समाजसेवी कृष्णप्रसाद सञ्जेललगायतले घरदैलो स्वास्थ्य अभियानको शुभकामना व्यक्त गरे । वडाका सक्रिय महिला स्वास्थ्य स्वंयमसेविका कल्पना पराजुली, शोभा श्रेष्ठ, प्रिया ढुंगाना र रमा राईलाई घरघरमा स्वास्थ्य सेवा गर्न साईकल प्रदान गरिएको स्वास्थ्य चौकी ईन्चार्ज टीएन ढुङगेलले बताए ।







