जरुवाटोलमा स्ल्याब ढलानको शिलान्यास

साझाकुरा
२०८१ बैशाख २१, शुक्रबार ०९:५३

हेटौंडा-हेटौंडा उपमहानगरपालिका–१ जरुवाटोलमा स्ल्याब ढलानको शिलान्यास गरिएको छ । बागमती प्रदेशका खानेपानी, उर्जा तथा सिचाई मन्त्री एकालाल श्रेष्ठले बिहीवार स्ल्याब ढलानको शिलान्यासगरेका छन् ।प्रदेश सरकारअन्तर्गतको शहरी विकास तथा भवन कार्यालयको २५ लाख बजेट र स्ल्याब ढलान निर्माण उपभोक्ता समितिको २ लाख ६७ हजार रकमबाट स्लाब ढलानको निर्माण कार्य सुरु गरिएको हो ।

मन्त्री श्रेष्ठले तरकारी बजारलाई लक्षित गरेर स्ल्याब ढलानको लागि बजेट बिनियोजन गरेको बताए । हेटौंडा उपमहानगरपालिकाको १ नम्बर वडा सुगम र दुर्गम दुबै क्षेत्र रहेको बताउँदै मन्त्री श्रेष्ठले भौगौलिक रुपमा विकट क्षेत्रलाई प्राथमिकतामा राखेर खानेपानी, सिचाई, सडकमा सरकारले आवश्यक बजेट छुट्याउने प्रतिबद्धता व्यक्त गरे ।

१ नम्बर वडाको स्थायी बासिन्दा र आफ्नो निर्वाचन क्षेत्र समेत रहेकोले वडाको समग्र विकासमा सबै मन्त्रालयमा योजना र बजेटमा पहल गरिने समेत उनले बताए । मन्त्री श्रेष्ठले निर्धारित समयभित्र निर्माण कार्य सक्न पनि उपभोक्ता समितिलाई निर्देशन दिएको छ । उपभोक्ता समितिका अध्यक्ष गोविन्द दाहालले २ सय ४४ मिटर लम्बाई रहेको स्ल्याबको चौडाई ६ मिटर र मोटाई ८ इञ्च रहेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*