बसपार्कमा एक युवकमाथि खुकुरी प्रहार
हेटौंडा- हेटौंडा उमहानगरपालिका वडा नम्बर–१०, स्थित बसपार्कमा शनिवार बिहान एक युवकमाथि खुकुरी प्रहार भएको छ ।हेटौंडा उपमहानगरपालिका वडा नम्बर–३ बसामाडी घर भई हाल हेटौंडा–११ थानाभ¥याङ डेरा गरी बस्ने बर्ष २० को समिर थिङ र १८ बर्षीय पञ्च बहादुर तामाङले खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । खुकुरी प्रहारबाट जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर–१६ महेन्द्रनगर घर भएका बर्ष १९ को आयुष कुँवर गम्भीर घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।
प्रहरीका अनुसार खुकुरी प्रहारबाट कुँवरको टाउको, गर्दन र दाहिने हातको कान्छि औलामा चोट लागेको छ । उनको उपचारको लागि हेटौंडा अस्पतालमा पठाईएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि शनिवार बिहान चुरेहिल अस्पतालमा रिफर गरिएको प्रहरीले जनाएको छ । घाइतेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घटनामा संलग्न दुबै जनालाई हतियारसहित नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मकवानपुरले कारबाही प्रक्रिया अगाडि बढाएको छ ।







