लागूऔषधसहित दुई महिला पक्राउ
हेटौंडा- प्रहरीले पर्साको बीरगञ्ज महानगरपालिका–२१ हनुमान चोकबाट अवैध लागूऔषध गाँजा करिब १० किलोसहित दुई जना महिलालाई शनिबार बिहान पक्राउ गरेको छ ।पक्राउ पर्नेमा मकवानपुरको राक्सिराङ गाउँपालिका–२, ठुमको टोल बस्ने ४२ वर्षीया ईन्द्रकुमारी चेपाङ र ३६ वर्षीया फुलमाया स्याङ्बो रहेका छन् । उनीहरुलाई प्रहरी चौकी परवानीपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार नारायणगढ चितवनबाट बीरगञ्जतर्फ आउँदै गरेको बा.४ ख ५९३७ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरुलाई उक्त गाँजासहित पक्राउ गरिएको हो । पक्राउ परेका उनीहरुमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।







