आयोगद्वारा सञ्चारकर्मी बञ्जारा पुरस्कृत
हेटौंडा- मकवानपुरका सञ्चारमर्की इन्द्रप्रसाद बञ्जारा ‘रमेश’ राष्ट्रिय सूचना आयोगको ‘विनय कसजु उत्कृष्ट अभियन्ता पुरस्कार–२०८१’ बाट पुरस्कृत भएका छन् ।पत्रकार बञ्जारालाई सूचनाको हक कार्यान्वयनमा योगदान पु¥याएको भन्दै आयोगले स्थापना दिवसको अवसरमा कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले नगद ३५ हजारसहित पुरस्कृत गरेका हुन् ।
पत्रकार बञ्जारा मकवानपुरबाट प्रकाशित बागमती एक्सप्रेस साप्ताहिकका प्रकाशक तथा सम्पादक हुन् ।‘विनय कसजु उत्कृष्ट अभियन्ता पुरस्कार–२०८१’ बाट मकवानपुरका बञ्जारासँगै कास्कीका यदुनाथ बञ्जारा, सिरहाका परशुराम साह र सिन्धुपाल्चोकका आदित्य दाहाल समेत पुरस्कृत भएका छन् । राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल सरकारकी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको विशिष्ट आतिथ्यता रहेको थियो । शनिवार राष्ट्रपति भवन, शितल निवासमा सम्पन्न भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेललगायतको उपस्थिति थियो ।







