पत्रकार कार्कीलाई पितृशोक
हेटौंडा-कान्तिपुरकर्मी होम कार्कीलाई पितृशोक परेको छ । पत्रकार कार्कीका ८१ वर्षीय बुबा मीनबहादुर कार्कीको गएराति हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।हेटौंडा उपमहानगरपालिका–८ निवासी कार्की ५ वर्षयता मुटुसम्बन्धी रोगबाट ग्रसित थिए । केही महिनायता उनलाई अस्पतालमा राखेर उपचार गरिराखिएको थियो । कार्कीको श्रीमती, ४ छोरा र ३ छोरी छन् । उनको आज नै हेटौंडामा अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।







