मकवानपुरगढीमा सिचाईं आयोजनाको शिलान्यास
हेटौंडा- मकवानपुरगढी गाउँपालिका–४, स्थित फिर्केपाखा सिचाइ आयोजना निर्माणको शिलान्यास गरिएको छ ।सिचाईं आयोजनाको आइतबार बागमती प्रदेशसभा सदस्य लक्ष्मी श्रेष्ठले शिलान्यास गरेकी छन् । उनले सिंचाई आयोजना कृषिउत्पादनका लागि अपरिहार्य रहेको बताइन् । कृषिउत्पादनमा जिल्लालाई आत्मनिर्भर बनाउन आवश्यक रहेको बताउँदै सांसद श्रेष्ठले गाउँपालिकाको हरेक वडामा व्यवस्थित सिंचाईं आयोजनाको निर्माण गरिनुपर्ने धारणा व्यक्त गरिन् ।
सिंचाईं आयोजना शिलान्यास कार्यक्रममा मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङतान, ४ नम्बर वडाअध्यक्ष अर्जुनप्रसाद तिमल्सिना, नेपाली कांग्रेसका नेता आनन्दराम पराजुली, यतीराज सापकोटा, डिभिजन सिंचाई कार्यालय मकवानपुरका इन्जिनियर रक्षा पोखरेल, समाजसेवी सर्कलाल लो, उपभोक्ता समिति अध्यक्ष राजाराम मोक्तानलगायतको आतिथ्यता रहेको थियो ।







