२५ जना प्रहरीलाई ड्राईभिङ तालिम प्रदान

साझाकुरा
२०८१ बैशाख २५, मंगलवार ०८:५०

हेटौंडा- बागमती प्रदेश प्रहरी कार्यालयले हेटौंडामा प्रहरीका लागि संचालित ड्राईभिङ तालिमको समापन भएको छ ।राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज, काठमाडौंको वार्षिक तालिम क्यालेण्डर अनुसार बैशाख २ गतेदेखि संचालन भएको १६ दिने आवासीय सवारी चालक (हलुका–हेभी) तालिम चौंथो समूहको आईतबार समापन गरिएको हो । बागमती प्रदेश प्रहरीप्रमुख प्रहरी नायवमहानिरीक्षक बिष्णुकुमार केसीको प्रमुख आतिथ्यमा अन्तरक्रियासहित तालिम समापन भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
तालिममा बागमती प्रदेश प्रहरी कार्यालय तथा मातहत कार्यालयमा कार्यरत प्रहरी सहायक हवल्दार ६ जना र प्रहरी जवान १९ जना गरी जम्मा २५ जना पुरुष प्रशिक्षार्थीको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*