भतिजद्वारा काकीलाई कैंची प्रहार

साझाकुरा
२०८१ बैशाख ३०, आईतवार १४:३९

हेटौंडा- हेटौंडामा भतिजाले काकीलाई कैंचीप्रहार गर्दा काकी गम्भीर घाइते भएकी छिन् । शनिबार दिउँसो हेटौडा–९ प्रगतीटोल बस्ने बर्ष अन्दाजी ५० वर्षीय कमल परीयारले आफ्नै काकी ६५ वर्षीया गोमा दमाईलाई कैंचीले टाउकोमा प्रहार गरी घाइते बनाएका छन् ।

कमलले मापसे गरी काकीलाई कैंचीले झट्टारो हानेको र उनको गम्भीर अवस्थामा हेटौंडा अस्पतालमा उपचार भइरहेको मकवानपुर प्रहरीप्रवक्ता प्रहरी नायवउपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।गोमा परियार बेहोस रहेको र कमललाई नियन्त्रणमा लिएर घटनाको आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*