मत्स्यनारायण माविको अध्यक्षमा विष्ट

साझाकुरा
२०८१ जेष्ठ १, मंगलवार ११:५२

हेटौंडा- थाहानगरस्थित मत्स्यनारायण माध्यमिक विद्यालयको अभिभावक भेलाले युवराज विष्टलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चयन गरेको छ ।थाहा नगरपालिका–२ मा भएको अभिभावक भेलाबाट ४ जना सदस्य चुनेको थियो । विष्टलाई ३१ बैशाखमा अध्यक्ष पदमा चुनेको हो । समितिले थप दुई सदस्य मनोनित गरेको छ ।
अध्यक्षमा युवराज बिष्टसँगै सदस्यमा सहदेव ढकाल, बिष्णुमाया थिङ, सुधा कार्की, मनोनित सदस्यमा दीपेन्द्रराज प्रधान र मीना थापा रहेका छन् ।पदेन सदस्यमा वडाअध्यक्ष बमबहादुर सिन्तान, शिक्षक प्रतिनिधि मनोज कार्की र सदस्यसचिव प्रधानाध्यापक बिष्णुहरि ढकाल रहेका छन् ।

वडासदस्य समेत रहेका बिष्टले अध्यक्षमा चुनिएसँगै विद्यालयको शैक्षिक सुधारको निम्ति आफ्नो काँधमा थप जिम्मेवारी आएको बताउदै वडाले घोषणा गरेको शैक्षिक सुधारका कार्यक्रम लागू गर्न आफू तत्पर रहेरको प्रतिक्रिया दिए ।विद्यालयको प्रगति र विद्यार्थीको शैक्षिक गुणस्तर सुधार गरेर नतिजामा उत्कृष्ट बनाउने नवनिर्वाचित अध्यक्ष विष्टको प्रतिवद्धता रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*