जनप्रियमा खानेपानीको गुणस्तर परीक्षण

साझाकुरा
२०८१ जेष्ठ १, मंगलवार ११:५९

हेटौंडा- हेटौंडा–१६ हटियास्थित जनप्रिय माविका बालबालिकालाई स्वच्छ पिउने पानी उपलब्ध गराउनका लागि पानीको गुणस्तर परीक्षण गरिएको छ । सामुदायिक महिला विकास केन्द्रद्वारा आयोजित खानेपानी गुणस्तर परीक्षण तथा चेतनामूलक कार्यक्रममा प्रमुखअतिथि नेपाली कांग्रेसका सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डीना’ ले बालबालिकालाई सवच्छ पिउने पानी उपलब्ध गराउन सके सिकाई प्रक्रिया प्रभावकारी हुने बताइन् । पानीकै कारणले धेरै रोग लाग्न सक्ने भन्दै सहमहामन्त्री उपाध्यायले स्वस्थ्य बालबालिकाको सिक्न सक्ने क्षमता उच्च हुने बताइन् ।

कार्यक्रमका विशिष्ट अतिथि वाडाध्यक्ष रामकृष्ण कोइरालाले बालबालिकालाई पिउनका लागि उपलब्ध हुने पानी शुद्ध हुन जरुरी रहेको बताए । वडा कार्यालयले नागरिकका लागि पिउने पानीमा शुद्धता कायम गर्ने पहल जारीराखेको कोइरालाले जानकारी दिए । कार्यक्रममा जनप्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक भुपेन्द्र चौलागाईं, नेपाली कांग्रेसका नेता आनन्दराम पराजुली, खानेपानी कार्यालयबाट प्रशिक्षक माधव तिमल्सिना, सामुदायिक महिला विकास केन्द्रकी संयोजक उषा घिमिरे पौडेलको आतिथ्यता रहेको थियो ।

संस्थाकी सचिव निलम देबकोटा बजगाईंको सभाध्यक्षमा भएको कार्यक्रममा प्रदुषित खानेपानीको कारणले मानिसलाई धेरै प्रकारका रागले आक्रमण गर्न सक्ने भएकोले खानेपानीमा बढी ध्यान दिनुपर्ने सहभागीहरुले बताएका थिए

यसमा तपाइको मत

Your email address will not be published.


*